“समृद्ध प्याब्सन :सुखी विद्यालय” बनाउन प्रेम कुमार राईको प्यानल घोषणा

कपन अनलाइन

काठमाण्डौ ,पौष १५।

पौष १६ गते हुने प्याव्सन काठमाण्डौ अधिवेसनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। निजि तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याव्सन काठमाण्डौको नेतृत्वका लागि अहिले विभिन्न पदमा दावी  उम्मेदवारी घोषणा भैरहेका छन ।

यसै क्रममा प्याव्सन काठमाण्डौको नेतृत्व लिन भन्दै प्रेम कुमार राईको प्यानल सार्वजनिक गरिएको छ। सो प्यानलको बरिस्ट उपाध्यक्षमा  जित बहादुर बस्नेत उम्मेदवार रहेका छन भने महिला उपाध्यक्षमा रिता राई दाहाल उमेद्वार बनेकी छन ।त्यस्तै सुर्य बहादुर केसी र सुर्य भण्डारी उपाध्यक्ष रहेको सो प्यानल सुदर्शन  थापा सचिवको उम्मेदवार बनेका छन।

दिनानाथ अधिकारी र रन बहादुर अधिकारी कोसाध्यक्षको उम्मेदवार रहेको सो समुहमा कृष्ण भण्डारी ,ओम प्रसाद ढकाल ,अनिल पराजुली र इशु गुरुङ सह सचिवको उम्मेदवार रहेका छन ।

सो प्यानलले समृद्ध प्याब्सन : सुखी विद्यालयको नारा सहित विद्यालयहरुको वृति विकासमा लाग्ने प्रतिवदत्ता ब्यक्त गर्दै सहयोगका लागि सदस्य विद्यालयहरु संग अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।