Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/270563789_3079716785617486_2806777430738806782_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर ४ले मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस प्रतियोगिता गर्ने

कपन अनलाइन

काठमाडौँ, पौष १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३२औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस  प्रतियोगीता गर्ने   भएको छ  ।

 क्लबले प्रत्येक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुदलाइ समेट्दै आएको र सो लाइ  निरन्तरता दिदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीच २०७८ साल पौष १९ गते सोमबार देखि  मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस  प्रतियोगिता  गरिन लागेको हुँदा इच्छुक खेलाडीहरुले  रु १५ सय दर्ता शुल्क तिरी प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन। दर्ता समय बिहान ७ बजे देखि  १० बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म  गर्न सकिने आयोजकले जनाएको छ ।थप जानकारीको लागि ९८५१००९०८६, ९८४१९९२०६५ मा सम्पर्क गर्न सकिने छ।

तपाइँको प्रतिक्रिया ।