गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सयपत्री टोलमा सडक बत्ति जडान

गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सयपत्री टोलमा सडक बत्ति जडान

कपन अनलाइन

काठमाडौं ,पौष १५। गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सयपत्री टोलमा सडक बत्ति जडान गरिएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा स्तरीय योजना अन्तर्गत करिब एक लाख रुपैयाको लागतमा  टोल भित्र ११ वटा सडक बत्ति जडान गरिएको सयपति टोल सुधार समितिका अध्यक्ष अच्युत बिष्टले जानकारी गराए ।अँध्यारोमा समेत आवतजावत गर्न सहज बनाउने उद्देश्य सहित टोल भित्र रहेका बिजुलीका पोलहरुमा सडक बत्ती जडान गरिएको हो ।

सडक बत्ति जडान भए संगै रातमा आपतबिपत पर्दा समेत सहज रुपमा हिडडुल गर्न सकिने भएको छ । सडक बत्ती बलेसंगै सो क्षेत्रमा हुन सक्ने सम्भावित चोरिको घटनामा कमि आउने बिश्वास स्थानीयले लिएको नगर प्रवक्ता समेत रहेका  वडा अध्यक्ष  मनोज कुमार ढुंगानाले जानकारी गराए । सडक बत्तिको  प्रभावकारिता र स्थानीय आवश्यकतालाई ध्यानमा राखी थप  स्थानमा पनि सडक बत्ति जडान गरिने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।