कागेश्वरी मनोहरा नगरपालिकाले पशुपन्छी तथा मत्स्य प्रवर्द्धनमा अनुदान दिने

कागेश्वरी मनोहरा नगरपालिकाले पशुपन्छी तथा मत्स्य प्रवर्द्धनमा अनुदान दिने

कपन अनलाइन

काठमाडौं पौष १४  । कागेश्वरी मनोहरा नगरपालिकाले पशुपन्छी तथा मत्स्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिने भएको छ । पालिकाले केन्द्रिय सरकार र प्रदेश सरकारको सहयोगमा कृषक, सहकारी संस्था, कृषक समुह/समिति वा निजि संस्थालाई ७५ प्रतिशतसम्म अनुदान दिने भएको हो । नगरपालिकाले केन्द्रिय सरकारको सहयोगमा पशुपन्छी तथा मत्स्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत मिट मार्ट र साझेदारी गाइ प्रवर्द्धन कार्यक्रमका लागि ८० प्रतिशतसम्म अनुदान दिनेछ भने प्रदेश सरकारको सहयोगमा पशु कल्याणका लागि गाइ बाच्छा/बाच्छी ब्यबस्थापनका लागि गोठ निर्माणमा लागि ५० देखि ८० प्रतिशतसम्म अनुदान दिने पशु चिकित्सक शाखा प्रमुख राम बहादुर देउजाले जानकारी दिएका छन् ।

उनका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले साझेदारी गाइ प्रबर्द्धन कार्यक्रम अन्तर्गत ९० वटा गाई म्याटको हालको बजार मुल्य अनुसार ७५ प्रतिशत अनुदान दिइनेछ । यस्तै पशु कल्याणका लागि गाइ बाच्छा/बाच्छी ब्यबस्थापनका लागि गोठ निर्माणमा लागि ५० देखि ८० प्रतिशतसम्म अनुदान दिइनेछ । जस अनुसार सम्बन्धित व्यक्ति वा संस्थाले सडकमा छोडिएका पशुहरुको व्यवस्थापन गर्नुपर्नेछ ।यो कार्यक्रम लागू भएपछि किसानले गर्ने व्यावसायको बाँकी खर्च आफैले व्यहोर्नु पर्नेछ । नगरपालिकाले एक सूचना जारी गर्दै इच्छुक व्यक्तिले निवेदन सूचना प्रकाशित भएको २१ दिनभित्र नगरपालिकाको कार्यालयमा निवेदन पेस गर्न नगरबासीलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।