बुढानिलकण्ठमा डा.राजन भट्टराई संगै रबिन अधिकारी …..

बुढानिलकण्ठमा डा.राजन भट्टराई संगै रबिन अधिकारी …..

कपन अनलाइन

काठमाण्डौ ,पौष १४।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिकामा रहेको मतदाता नामावली संकलन केन्द्रको निरीक्षण गरेका छन।

पौष ४ गते शुरु भएर १८ गते सम्म चल्ने मतदाता नामावली संकलन कार्यको निरीक्षणमा पौष १३ गते नगरपालिका पुगेका डा. भट्टराई संगै नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटीका सदस्य रबिन अधिकारी पनि संगै देखिएका छन।

करिव ४१ महिना नेकपा बुढानिलकण्ठको अध्यक्ष रहेका अधिकारी संगै माओवादी केन्द्रका धेरै नेता तथा कार्यकर्ताहरुले सो अवसरमा डा. भट्टराई संग भलाकुसारी संगै फोटो खिचाएका थिए।

नेकपा रहँदा डा. राजन भट्टराईसंग निकै नजिक रहेर काम गरेका अधिकारी पार्टीहरुलाई अदालतले विभाजन गरे संगै बुढानिलकण्ठको नेतृत्व छाडेर प्रदेस कमिटीमा उक्लिएका छन।

बुढानिलकण्ठ नगरपालिकामा सक्रिय सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सो अवसरमा समसामयिक राजनीतिका वारेमा पनि कुराकानी भएको एक नेताले बताएका छन।

तपाइँको प्रतिक्रिया ।