“अपरिचित ” लिएर आइन “परी” सिमा

“अपरिचित ” लिएर आइन “परी” सिमा

कपन अनलाइन

काठमाण्डौ ,पौष १४।

आख्यानकार सीमा पुरी “परी ” पछी   दोस्रो उपन्यास ‘अपरिचित’ लिएर आएकी छन। लामो समय देखि साहित्य ,सहकारी र समाजसेवामा सक्रिय रहेकी पुरीको दोश्रो उपन्यास ‘अपरिचित’ शनिबार एपेक्स लाइफ स्कुल सरस्वतीनगरमा विमोचन गरिएको हो।

उक्त कार्यक्रमका  प्रमुख अतिथि प्रा.डा.रामप्रसाद ज्ञवालीले भने, ‘लेखाइ सुन्दर छ। सामाजिक कथामा आधारित छ। तर परिमार्जन गर्न सकिने ठाउँ छ।’

त्यस्तै  साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय ब्यबहार देखाउने चेष्टा गरेको बताएका थिए भने  समिक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै साहित्य क्षेत्रमा लेखिकाको सुन्दर भविष्य रहेका धारणा राखेका थिए ।

सो  कार्यक्रममा विशेष अतिथिका रुपमा अभिनेत्री सरिता लामिछाने, बरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, सूर्य बिसी लगायतले मन्तव्य राखेका थिए भने लेखिका सीमा पुरीले रचना गर्भ सुनाएकी थिइन्।

बिएन पुस्तक संसार प्रालिद्धारा आयोजित उक्त कार्यक्रमको सभापतित्व भिमा देवी पाण्डेयले गरिकी थिइन् भने सञ्चालन शशी शर्मा मजगैंयाले गरेका थिए। पुस्तकको बजार मूल्य ३८५ रहेको छ।

तपाइँको प्रतिक्रिया ।