सेवा सुबिधाको रकम बालबालिकाको शैक्षिक बिकासमा खर्च गर्दै चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोष खड्का

सेवा सुबिधाको रकम बालबालिकाको शैक्षिक बिकासमा खर्च गर्दै चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोष खड्का

कपन अनलाइन

काठमाडौं ,पौष  ९ । चन्द्रागिरी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष खड्काले आफ्नो तलब भत्ताबापत पाउने सेवा सुबिधा रकम वडा क्षेत्रमा बसोबासगर्ने बालबालिकाको शैक्षिक बिकासमा खर्च गर्ने प्रतिबद्त्ता अनुसार वडा क्षेत्रमा बसोबास गर्ने उच्च शिक्षा (कक्षा ११ देखि स्नातकोत्तर सम्म) अध्ययनरत बिद्यार्थीको शैक्षिक विकासमा सहयोग गर्ने गरि यातायात खर्च (कलेज आवतजावतमा नि;शुल्क यातायात सुबिधा उपलब्ध गराइने  सार्वजनिक सुचना मार्फत जानकारी गराएका छन ।

उनले वडा क्षेत्रमा बसोबास गर्ने गरिब तथा बिपन्न  परिवारका उच्च शिक्षा अध्ययनरत बिद्यार्थीहरुले आफ्नो बिवरण (आवश्यक कागजात : जन्मदर्ता वा नेपाली नागरिकता प्रमाणपरको प्रतिलिपि, अभिभावकको नेपाली नागरिकता प्रतिलिपि, बिद्यालय भर्ना रसिद वा परिचय पत्रको प्रतिलिपि, बसाइ सराइ गरि आएको हकमा बसाइ सराइ दर्ता प्रमाण प्रतिलिपि सहित वडा कार्यालयमा उपलब्ध गराई दिनको लागि अनुरोध गरेका छन।

नोट लक्षित बर्ग:

१) भन्नाले नियमित रोजगारी नभएका  परिवारका बालबालिका

२) आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका

३) आफ्नो सवारी साधन नभएका वा बिध्यालय जानआउन सार्वजनिक सवारी साधन प्रयोग गर्ने बालबालिका उल्लेख गरिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।