माधव नेपाल कम्युनिस्ट आन्दोलनमा सबैभन्दा बढी विधि र नीति उल्लघन गर्ने नेता हुन् : शंकर पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,पौष ८।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले  माधव नेपाल कम्युनिस्ट आन्दोलनमा सबैभन्दा बढी विधि र नीति उल्लघन गर्ने नेता रहेको बताएका छन।

सधै विधि,नीति र सिदान्तको कुरा गरेर नथाक्ने माधव नेपालले आम कार्यकर्ता बाट चुनिएर आएका केपी ओलीलाई कहिले पनि नेता स्विकार्न नसकेको बताउदै पोखरेलले उनमा रहेको त्यहि द्वेष र कुण्ठाका कारण पार्टी फुटाउने काम गरेको धारणा राखेका थिए।

नेकपा एमालेको छैटौ जिल्ला अधिवेसन मूल व्यवस्थापन समितिको बैठकम सम्बोधन गर्दै पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई दुई तिहाइ नजिकको उचाइमा पुर्याउन नेतृत्व गरेका ओलीको चर्चा र उचाई बाट तर्सिएर नेपाल र प्रचण्डले अनेक षड्यन्त्र गरेर पार्टी विभाजन गरेको आरोप समेत लगाएका छन ।

अहिले नेतृत्व माथि भएको आक्रमण स्वार्थीहरुको कुल्सित सोचको परिणाम रहेको भन्दै उनले  पार्टी निर्माण र आन्दोलनको रक्षाका लागि सक्रिय भएर लाग्न निर्देशन समेत दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।