लायन्स क्लब अफ सुन्दरीजल द्वारा बिद्यार्थीहरुलाई ट्रयाकसुट र स्विटर बितरण
कपन अनलाइन
काठमाडौँ, पौष ८ ।जाडो याम सुरु भएसँगै स्कुले बालबालिकाका लागि धमाधम न्यानो कपडा वितरण हुन थालेका छन् । स्कुले बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले न्यानो कपडा वितरण गरिरहेका छन् । सामाजिक तथा मानविय सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको लायन्स क्लब अफ सुन्दरीजलले बुधबार बिद्यार्थीहरुलाई ट्रयाकसुट र स्विटर बितरण गरेको छ ।
क्लबले मेलम्ची नगरपालिका वडा नं ३ हैबुंग सिन्धुपाल्चोक स्थित श्री हैबुंग महादेवस्थान माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत ट्रयाकसुट र स्विटर बितरण गरेको आयोजकले जानकारी गराएका छन ।चीसोका कारण कोही पनि बालबालिकाको पढाई प्रभावित नबनोस भन्ने उदेश्य सहित उक्त बिध्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका करिब ८० जना बिद्यार्थीहरुलाई ट्रयाकसुट र स्विटर बितरण गरेको आयोजक संस्थाले जानकारी गराए । कार्यक्रममा लायन लिडर तथा आयोजक संस्थाका पदाधिकारीहरु सहित बिध्यालयका शिक्षक बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।