गोकर्णेश्वर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरु सम्मानित

गोकर्णेश्वर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरु सम्मानित

कपन  अनलाइन

काठमाडौँ, पौष ८ । गोकर्णेश्वर नगरपालिकाले नगर स्वास्थ्य चौकी र नगर अस्पताल अन्तर्गत काम गरिरहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ सम्मान तथा  बिदाइ गरेको छ ।  आज गोकर्णेश्वरको पिस ब्यन्केटमा एक कार्यक्रमका बीच  २०४६ साल अघिदेखि सेवा गरिरहेका स्वयंसेविकाहरुलाइ नगद रु ५० हजारसहित दोसल्ला र सम्मानपत्रका साथ  नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य लगायतले सम्मान गरेका हुन ।

गोकर्णेश्वर नगरपालिका भित्रका ११० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले कार्य गर्दै आएकोमा ३२ वर्ष सेवा अवधि नाघेका ९ जना र आफ्नो सेवा अवधिमै मृत्यु भएको एक जनासहित १० जनालाई सम्मानसहित बिदाइ गरिएको हो । मृत्यु भएको महिला स्वयंसेविकालाई भने मरणोपरान्त सम्मान गरिएको  थियो  ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले संघीय सरकारबाट प्राप्त रु २० हजारमा नगरपालिकाले ३० हजार थपेर ५० हजार सम्मान राशी पुर्‍याइएको  बताउदै   आगामी दिनमा सो  रकम बढाएर १ लाख पुर्‍याउने योजना रहेको  पनि जानकारी गराएका थिए  ।

कार्यक्रममा नगरप्रमुख चालिसे सहित उपप्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, नगर प्रवक्ता मनोजकुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्षहरु, कर्मचारी, स्वास्थ्य स्वयं सेविकाको साथै नगर कार्यपालिकाका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रम संचालन स्वास्थ्य कर्मचारी  पूर्ण बस्नेतले गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।