महामन्त्रीमा बिजयी भएसंगै विश्व प्रकाश शर्मा विपी संग्रहालय पुगे

महामन्त्रीमा बिजयी भएसंगै विश्व प्रकाश शर्मा विपी संग्रहालय पुगे

कपन अनलाइन

काठमाडौँ, पौष २।  गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित विपी  संग्रालय   सुन्दरीजलमा वृक्षरोपण गरेर उम्मेदवारी घोषणा गरेका  विश्व प्रकाश शर्मा महामन्त्रीमा बिजय भए संगै सुन्दरीजल पुगेका छन्।  उनलाई बिपी संग्रालय समितिका  अध्यक्ष  परशुराम पोखरेलले स्वागत गरेका थिए।

शर्माले  सुन्दरीजलस्थित विपी कोइरालालाई जेलमा राखिएको ठाउँको माटोलाई ढोगेर उम्मेदवारी घोषणा गरेका थिए। त्यही स्थानमा पुगेर शर्माले आफ्नो जिम्मेवारीलाई आत्मसात गरेका हुन्।

जितसँगै गहन जिम्मेवारी बोकेर सुन्दरीजल पुगेका उनले बिपीको शालिकमा माल्यार्पण गर्नुका साथै त्यहाँको माटोमा ढोगे।  उनले उम्मेद्वार घोषणा गर्दा   संग्रहालय परिसरमा  रोपेको रुद्राक्षको बिरुवामा पानि पानी हाल्नुको साथै  त्यहाँको माटोलाई ढोगेका थिए   ।पार्टीको १४ औं महाधिवेशनमा शर्माले  १ हजार ९ सय ८४ मत ल्याएर विजयी भएका थिए। उनले   सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्न  नयाँ ढंगले यात्रा  सुरुवात गर्ने  बताएका छन।

आफ्नो जित केवल एउटा व्यक्तिको जित नभइ बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताए ।उनले अबका दिनमा पार्टी हिजोको जसरी नचल्ने भन्दै रुपान्तरीत भएर जाने  बताउदै  आधुनिक कांग्रेस बन्ने उनको भनाई  रहेको थियो ।आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रुपमा बदल्ने बताउदै   महामन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई निष्ठा, विनम्रता र संयमताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका  थिए  ।

 

 

तपाइँको प्रतिक्रिया ।