मानव बेचबिखन पीडित प्रभावितहरूको उद्धार तथा फिर्तिका लागि कार्यविधि बन्नुपर्ने

मानव बेचबिखन पीडित प्रभावितहरूको उद्धार तथा फिर्तिका लागि कार्यविधि बन्नुपर्ने

कपन अनलाइन

काठमाण्डौ ,पुस २।

मानव बेचबिखन पीडित प्रभावित व्यक्तिहरूको व्यवस्थित उद्धार तथा फिर्तिका लागि कार्यविधि बन्नुपर्नेमा जोड दिइएको छ ।
बैदेशिक रोजगारी वा अन्य कारणले विभिन्न देशमा अलपत्र परेका वयस्क एवं बालबालिकालाई उद्धार गर्दै आएका संस्थाका प्रतिनिधीहरुले उक्त कार्याविधि नहुँदा उद्धारका लागि धेरै समस्या भएको बताएका हुन् ।
महिला तथा बालबालिका बेचबिखन विरूद्ध सहकर्मी समुह नेपाल (एटविन) द्वारा राजधानीमा आयोजित कार्यक्रममा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले राज्यका विभिन्न निकायलाई उद्धार तथा फिर्तिका लागि बनाएको कार्यविधी हस्तान्तरण गरिसकेको बताएकी छन।
उनले विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारको क्रममा भोगेको समस्याबाट पाठ सिक्दै यहि काम गरिरहेका थुप्रै संस्थाका पदाधिकारीबीच धेरै छलफल गरी बनाइएको ‘नमुना कार्यविधि’मा सरकारी तबरबाट छलफल गरी कार्यविधि बनाउनुपर्नेमा जोड दिईन।
कार्यकारी निर्देशक गुरूङले लुम्बिनी प्रदेशलगायतका भारतसँग सिमा नाका जोडिएका क्षेत्रबाट ललाई, फकाई बिदेश पुर्याउन लागेका व्यक्ति, बालक महिलालाई सिमा क्षेत्रमै सोधपुछ गरेर पारी पुग्नबाट बचाउने क्रममा उद्धारकर्ताले भोगेको यथार्थ अवस्थाबारे पनि कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
हाल विभिन्न बहानामा बेचविखन बढिरहेको सन्दर्भमा सरकारले यसको रोकथामका लागि विशेष पहल, निगरानी वा उद्धारमा खटिरहेका स्वयंसेवकहरूलाई तालिम दिने सोच ल्याएको देखिदैन । भने कार्यविधि नहुँदा विवेक र समन्वयको भरमा काम गर्नुपर्दा उद्धार र पुनस्थार्पनाको काम गरिरहेका सङ्घ संस्थाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन समस्या भइरहेको सहभागीहरूको भनाई छ ।
एटविनका उपाधछ्य तारा भण्डारीले आन्तरीक बेचबिखनको घटना पनि रोजगारी दिलाउने नाममै फष्टाईरहेको तर्फ पनि राज्यले ध्यान दिनुपर्ने बताइन ।
त्यसैगरी पौरखी नेपालका संस्थापक अध्यक्ष मञ्जु गुरूङले सरकारले नेपाली महिलालाई सुरक्षित राख्ने बहानामा रोजगारीको गन्तव्यमा प्रतिवन्ध लगाउँदा बेचबिखनको समस्या झन् बढेको बताएकी छन।
नेपालमा रोजगारी सृजना पनि नगर्ने बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने काम गर्नुको साटो उल्टै जानै नपाउने भनेर प्रतिवन्ध लगाएको छ, कमाएर खान भन्दै भारतको बाटो भएर विदेश जानुपर्दा नेपाली बेचबिखनमा परेको गुरुङले ठोकुवा गरेकी छन।
प्रहरी वरिष्ठ उपनिरीक्षक दुर्गा सिं (चन्द)ले मानव बेचबिखनको शैलीमा विगत र अहिले धेरै नै परिवर्तिन भएका छन्, अहिले रोजगारीको लागि जाने भन्दै भारत, श्रीलङ्कालगायत देशको अवैध बाटोको प्रयोग बढेको बताएकी छन।
शान्ति फाउण्डेसनका संस्थापक अध्यक्ष शान्ति लामाले नेपाली समाजमा बेचबिखनबाट प्रभावित भईसकेपछिको जीवन सहज छैन, प्रभावितको उद्धारमा मात्र समस्या होइन कि समाजमा पुनस्थार्पनाको पाटो पनि निक्कै संबेदनसिल भएकोले कार्यविधीमा यसबारे उल्लेख हुनुपर्ने बताइन  ।
शक्ति समुहका अध्यक्ष चरीमाया तामाङले पनि मानव बेचबिखनको समस्यामुक्त समाजका लागि नीति राम्रो बन्नुप¥यो र त्यसको सहि कार्यान्वयनमा पनि जोड दिनुपर्ने धारणा राखेकी थिइन्  ।
साथै बेचबिखनबाट प्रभावित महिलाको नागरिकता नबन्ने र उसका नानीहरूको जन्मदर्ता नहुने समस्याको पनि सम्वोधन गर्न राज्यको ध्यानाकर्षण गराएका थिइन्  ।
कार्यक्रममा आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्र भट्टराईले सिमा नाकामा गरिने निगरानीका क्रममा संस्थाका स्वयंसेवक एवं कर्मचारीले भोग्नुपर्ने दुव्र्यवहारको समस्या पनि बढिरहेको बताए  ।उनीहरूको जीउधनको सुरक्षाको लागि पनि कुनै नीतिमार्फत सम्वोधन हुनुपर्ने भट्टराईको भनाई छ ।

तपाइँको प्रतिक्रिया ।