यही हो माया बोलको गीत सार्वजनिक

यही हो माया बोलको गीत सार्वजनिक

कपन अनलाइन 

काठमाडौं ,पौष २। गायक भूषण खड्काको यहि हो माया बोलको गित भिडियो सहित सार्बजनिक गरिएको छ । उक्त गित टुलिक क्याफे पेप्सिकोल मा भब्य कार्यक्रमका बिच बिमोचन गरिएको थियो । यहि हो माया बोलको गितलाइ गायक भूषण आफैले सृजना गरेका थिए भने संगीत पनि उनी आफैले भरेका थिए । गित को भिडियो लाई ओ एस आर डिजिटल मार्फत youtube मा सार्बजनिक गरिएको छ । उक्त भिडियो लाई कपिल कार्की ले डाइरेक्सन गरेका छन ।

मुख्य भुमिकामा गायक आफै देखिएका छन भने मोडल प्रशम्सा राउत ले उनलाइ साथ दिएकी छिन । भब्य समारोह का बिच गित बिमेचन कार्यक्रममा गायक प्रकाश तिमल्सिना प्रमुख अतिथि को रुपमा आशिन देखिन्थे । यसै गरि विभिन्न हास्य कलाकार तथा गायकहरुको पनि उपस्थिती देखिन्थ्यो । कलाकार कुमारमणि गजुरेल, भुपेन्द्र रायमाझी लगायत का कलाकारहरुको बिशेश प्रस्तुतिको बिच भिडियो सार्वजनिक गरिएको थियो ।

भिडियो सार्बजनिक समारोहमा जनआकाश राष्ट्रिय साप्ताहिक, रातोमसी अनलाइन, दर्शना मिडिया, आर्या ईन्टरटेन्मेन्ट लगायतका थुप्रै मिडियाहरुको बाक्लो उपस्थिति रहेको थियो  । आफ्नै शब्द तथा सृजनामा आफ्नै संगीत अनि आवाज भरेका गायक भूषण खड्का अभिनयमा पनि निकै अब्बल भुमिकामा उक्त भिडियोमा देख्न सकिन्छ । गायक भुषण खड्काले डाइरेक्टर कपिल कार्की लाई बिशेष धन्यवाद दिदै खुसी पनि व्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।