कुलतको परिणाम : रन्जना पराजुली लम्साल ( कथा )

कुलतको परिणाम : रन्जना पराजुली लम्साल ( कथा )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २५।

हिजो आज भोलि गर्दै बित्दै थिए दिनहरू समीर र मुनाका । आँगन जोडिएको घर । उमेर लगभग उस्तै उस्तै मात्र मुना समीर भन्दा छ महिना कान्छी । निर्दोष अनि अन्जान खेल्ने तरिका । कहिले हुन्थे दुलहा – दुलही ढुङ्गालाई बच्चा बनाउदै त कहिले खेल्दा–खेल्दै झगडा गर्थे र बोल्दैनथे । कट्टी गर्थे तर उसलाई उ नभई नहुने अनि उसलाई उ नभई नहुने अचम्मको बचपन निष्फिक्री । समय सधैं एकै नास कहाँ हुन्छ र ! समयले कसैलाई पर्खदैन त्यस्तै समय अगाडि बढ्दै गयो ।
जब पुगे बा¥ह – ते¥हका उमेर मा । खेल्ने कुद्ने इच्छा हुँदाहुँदै धकेलिदियो समयले यौवन अवस्थामा बिस्तारै बिस्तारै लजालु हुँदै गईन मुना कता–कता आफ्नो शरीरमा र रूपमा आएको परिवर्तनलाई महसुस गर्दै । सानैदेखि सङ्गै खेली एउटै थालमा खाइ हुर्की गरेको भएपनि मुनालाई समीर सङ्ग बोल्न र सङ्गै हिड्न अलिक अप्ठ्यारो जस्तो लाग्न थाल्यो । समिरलाई देख्दा कताकती काउकुती लागेजस्तो । समीर पनि मुना प्रति आकर्षित हुन थाले । थिएन दोष दुबैको स्वभाविक थियोे त उमेरको ।
समय बित्दै गयो सङ्ग–सङ्गै पढाई र उमेर पनि । घर पाई कलेजमा बा¥ह कक्षा सकाए दुबैले। समिरको बुवाको इच्छा छोरालाई काठमाडौ पढ्न पठाउने तर घर नछोड्ने समिरको इच्छा । लुकिछोपी मुनालाई चिहाउने समिरका आँखा । भन्न मन लागेर पनि भन्न नसकेका मन भित्रका उकुसमुकुस कुण्ठास त्यसमाथी काठमाडौ पढाउने बुवाको इच्छा । उफ, समीर धेरै तिर्थ– व्रत गरेर बुढेसकालमा जन्मिएका एक्ला छोरा । बुवाआमाको आशा, सपना र बुढेसकालको सहारा । बुवाको इच्छा बिपरित हुनु पनि त भएन त्यसमा पनि आफ्नो भविश्य। सबै सोचेर काठमाडौ जान तयारी गर्न थाले ।
त्यस्तै हालत मुनाको पनि जस्तो समिरको थियो । भन्न नसकेपनि आँखा बाट उ टाढा भएको सहन कसरी पो सक्नु र ! आज भोलि गर्दै जाने दिन आयो । आमाबुवासङ्ग बिदा भएर छिमेकी मुनाको घर गए । उनका आमाबुबाको आशीर्वाद थाप्ने निहुँले जहाँ मुना थिइन् जसलाई मुटुको एउटा कुनामा सुरक्षित राखेका थिए । आशिर्वाद थाप्दै थिए भलाकुसारीका साथ मुना देखा परिन । समीर र मुनाका आँखा जुधेर चार भए । लालायित आँखा अनि चलमलाएका ओठहरु । नबोलेर बुझ्नु थियो बुझेर मन बुझाउनु थियो कि पर्खी बस म छिट्टै आउँछु त्यस्तै म पर्खिरहन्छु तिमी छिट्टै आउ शहरको रमझममा परि मलाई नबिर्स है ।
धेरै तिर्थ – व्रत गरि जन्मिएको एक्लो छोरो बुढेसकालको सहारा थुप्रै सपनाहरु सङ्गालेर पढ्न पठाउनु भयो मुटुलाई गाठो पार्दै । पैसाको कमि थिएन । जति भन्यो त्यति पठाइ दिनु हुन्थ्यो ताकी छोरालाई कुनै दुःख नहोस् । राम्रो पढेर मान्छे बनिदिए त्यही नै ठुलो सम्पत्ति ठानेको परिवारका दिनहरु बित्दै गए । दिन बिग्रन कति बेर लागेन । सङ्गत या आफ्नो कमजोरी नाम चलेको राम्रो कलेजमा पढ्दै आएका अब्बल सोझा समीर यस्ती केटीको फन्दामा परे जुन केटि चुरोट गाँजा रक्सी सेवन गर्थी । समिरको घरबाट आएको पैसा सबै उडाइदिन थाली । समिरलाई यसरी घुमाइ मुनालाई नै बिर्सने गरि । हुँदा हुँदा समिरकै कोठामा बसेर मादक पदार्थ को लत बसाइदिन थाली । घरबेटि उस्तै पैसा भए पुग्ने । एक्लो केटाको कोठामा किन केटि आउँछे र बस्छे सोधेनन कहिले । कुन लक्ष्य लिएर पढ्न आएको कुन बाटोमा हिड्दैछु सबै भुले नभुलुन पनि कसरी केटीले पुर्णरुपमा मायाजालले बाँधेर फसाएपछी ।
नेरनेरको दशै । फोनमा बोलेर घरको न्यास्रो मेटेका समिरको घर जाने इच्छा तर किन दिन्थी र जान । भर्खर जागीरमा लागेको छु छुट्टी मिल्दैन दशैपछी छुट्टी मिलाएर आउँछु भन्दै ढाटेर फोन गर्न
पठाइ । झुठा कुराले आत्मग्लानी भयो । बुवाआमा अनि सानैदेखि खेली खाइ आएकी मुनाको तस्बिर झलझली आयो आँखामा । आफू घर हुँदा सालैपिच्छेका दशैमा टाढा टाढा भएका झोला बोक्दै दशै मान्न घर फर्केकाहरुको याद आयो ।यसैगरी अरुका आउँदा मेरो पनि छोरो आउँदैछ भनी बुवाआमाले बाटो भरी आँखा बिछ्याएको कल्पनाले भतभती मन पोल्यो । अझै बुवाले ‘बाबू, तिमीलाई भनेजति पैसा पठाइदिएको छु किन जागीर खानु पर्यो ? पढाइमा ध्यान देउ’ कति माया बुवाको ।
दशै सकियो, तिहार अनि छठ पनि । समीर झन् भन्दा झन् बिग्रदै गए । शरीर शिथिलताको महसुस हुन थाल्यो । घरबाट पैसा मगाउन कर गर्थी केटिले । अप्ठ्यारो समिरलाई आफू जागीर खान थालेको कुरा बुवालाई भनेका थिए । कसरी माग्नु पैसा ? समिरको पैसामा नाचेकी केटि पैसा नआउने छाँट देखेपछि छोडेर हिडि । भाडा नतिरेको तीन महिना भएको
रहेछ । भाडा तिर्न दिएको पैसा नतिरेकी केटिको कुनै ठेगाना थिए। घरबेटिले बल्ल केरकार गर्न थाले जुन पहिले गर्नु पर्ने थियोे । पुर्णरुपले लागुपदार्थमा फसेको समीरलाई घर जाने हिम्मत आएन । कुन मुखले जाने ?
भोलि हिड्छु मिलाउदैछु, भोलि हिड्छु मिलाउदैछु भन्दाभन्दै दशैपछी छोरो आउँने आशामा बाटो हेर्नू भएको बुवाआमालाई ढाटेको पनि निक्कै दिन भइसक्यो । सहारा बिहिन शिथिल शरीर, बेटुङ्गोको खुवाइ र घरबेटिको दिनहुँको कचकचले अन्त्यमा मिल्ने साथी रमेशलाई गुहार्न पुगे । समीरलाई देखेर तर्सिएका रमेशले स्वास्थ परिक्षण गराए । एडस भएको रिपोर्ट आयो । सुन्ने बितिक्कै बुवाआमा र मुना घुम्न थाले आँखा वरिपरि । त्यसपछि के

भयो ब्युझँदा रमेशको कोठामा पाए आफुले आफूलाई ।बुवाआमालाई खबर नगर्न हात जोर्दै दुई चार दिन रमेशकै कोठामा बसे । जिन्दगीको कुनै ठेगान नभएको महसुस गरि साथी रमेश बाहिर निस्किएको बेला धेरै माया गरेर भन्न नसकी मन भित्र बसेकी आफ्नी मायालु मुनालाई चिट्ठी कोर्न थाले मेरो पहिलो र अन्तिम चिट्ठी तिमीलाई भन्दै ।
प्रीय मुना,
तिमी सन्चै छौ भन्ने भगवानसङ्ग प्राथना गर्दछु । खेल्यौ, कुदयौ कति झगडा गर्यौ सानोमा तर जब योवनअवस्थामा पुग्यौं हामी एक्कासि लज्जापनले छोप्यो । चाहेर पनि एकअर्कामा केहि भन्न सकेनौ मात्र आँखा जुधाउन र ओठ चलमलाउन बाहेक । तिमीलाई धेरै माया गर्थे तिमी पनि माया गर्थ्यौ तर अबुझ भयौ हामी । एकअर्काको माया भन्न नसकी गुम्सियो मन भित्रै हो मुना हाम्रो माया झाङ्गिन पाएन ।तिनै भन्न नसकेका कुराहरू पहिलो र अन्तिम चिट्ठी लेखेर तिमी सित बिदा हुन्छु हो मुना तिमी सित बिदा हुन्छु ।
मेरो सानो घरपरिवारमा कसको आँखा लाग्यो कुन्नी सबै भताभुङ्ग भयो। यस्तो कुनै शत्रुलाई पनि नहोस् । मुना, म संसारमा सबैभन्दा भाग्यमानी ठान्थे तर रहेछु अभागी । बुवालाई धेरै सम्झाएको थिए शहर जान्न भनेर । मन थिएन गाउँ, बुवाआमा र तिमीलाई छोडेर शहर बस्न । बुवा मान्नु भएन आखिर बुवाको जिद्दी र मेरो आफ्नै लापरबाहीले मेरो आज यो गति भयो ।
मुना, म अब गाउँ फर्किएर आउने स्थितिमा छुइन । कुन लक्ष्य लिएर आएको थिए । बुवाआमाको सपनालाई लत्याए अनी अनि मुना तिमीलाई भुल्न बाध्य भए । म जस्तो अर्थहीन र अज्ञानी छोरो कुनै आमाको कोखबाट नजन्मिउन । हो मुना नजन्मिउन कुनै आमाको कोखबाट ।
मुना एउटा काम गरिदेउ । मेरो वुवाआमालाई सम्झाइदेउ एउटि छोरी भएर उहाँहरुलाई हरेक कुरामा सहयोग गर म तिम्रो ऋृणी हुनेछु । यो जन्ममा त केही गर्न सकिन तर अर्को जन्ममा अवश्य तिम्रो भएर ऋृण तिर्नेछु । मुना यो संसारमा म कति दिनको पाहुना हु मलाई नै थाहा छैन कतिखेर सास जान्छ । म घिडघिडाएर जिउँदै मरिरहेको छु हो मुना म जिउँदै मरिरहेको छु । तिमी हरेक क्षेत्रमा अघि बढ तिम्रो सफलताको कामना गर्छु ।
मुना, तिमीलाई अचम्म लाग्ला चिट्ठी पढ्दा । आखिर समीरलाई भयो के ? सोच्न आउला तर कहिले मलाई नराम्रो नसोच है । मेरो आफ्नै कमजोरीले यो हालतमा पुगेको छु । मुना मेरो हात कामीरहेछ । मुटु गाठो परेको छ । आँखाबाट बरबर्ती आँशु झरेको छ । तिनै झरेका आँशु मैले लेखेका अक्षरहरुमा परेर अक्षर लतपतिएका छन । तिमीले मलाई बुझ्छौ । तिमीले देखाउन नसकेको माया हु म । तिम्रो योवनअबस्थाको साथी हु म बचपनको घनिष्ठ साथी । हो मुना तिम्रो म घनिष्ठ साथी । सच्याएर पढ, बुझ अनि मलाई माफ गर है मेरो आत्माले शान्ती पाउनेछ ।
अन्तमा, तिम्रो हरेक सुख – दुःखमा भगवानले सधैँभरी साथ दिउन । उहीँ तिम्रो अभागी साथी समीर ।
थुप्रै इच्छा आकांक्षा अनि लक्ष्य बोकेर आएका समीर । काठमाडौ आएको निकै समयपछि लेखेको चिट्ठी मुनालाई पहिलो र अन्तिम हुन पुग्यो । अझै थिए होलान् शब्दहरु जुन सङ्गै हुँदा भन्न नसकेका र साट्न नसकेका एक अर्कामा । चिट्ठीका पानामा कलम सङ्गै काम्दै लत्रीए हात अनि धमिलिदै आँखा घोप्टियो टाउको बिस्तारै बिस्तारै सिरानीमा सँधा सँधाको लागि ।
त्यही बेला टुप्लुक्क रमेश आइपुगे । आतिदै निधार र नाडी छामे । बसेको नाडी, बिना धड्कनको
मुटु अनि चिसो शरीर । उफ, समीर के बिजोग गरायौ तिमीले सपना देखेर ब्युझे जस्तो भए रमेश । मुनाको ठेगाना सहित लेखेको चिट्ठी भेटे छेउमा । चिट्ठी पढेर तुरुन्त अर्को साथीलाई पोस्ट गर्न पठाए । बुवाआमालाई छोरा बिरामी छ तुरुन्त आउनु भनी फोन गरे । भोलिपल्ट साँझ बुवाआमा आइपुग्नु भयो । समिरको हालत देखेर र सुनेर बुवाआमाको होश हवाश उड्यो । पढेर ठुलो मान्छे बनेको सपना देख्ने बुवाआमाले छोराको दाहसंस्कार गरि शुन्य शुन्य मन लिदै गाउँ फर्कनु भयो । बुवाआमा घर पुग्नु अघि नै समिरको चिट्ठी मुनाको हातमा परिसकेको थियो । चिट्ठी पढेर अनविज्ञ मुना चकित भइन आखिर के भयो समीरलाई ? गएदेखी आएको चिट्ठी एउटा तर लेखाइ कस्तो सोच्न नसक्ने । बुवाआमा आउनु भयो । निराश आँखाले भरिएको अवाक अनुहार बोल्न सक्नु के र ! निकैबेरपछी सबै कुरा खुल्यो । डाँडा – काँडा हरियाली अनि स्वच्छ हावापानीमा जन्मिएर हुर्किएको सोझो केटो । एकाएक शहरको रमझम र शहरिया केटिको संगतले यस्तो नशाको फन्दामा फसे की जुन फन्दाबाट उम्कन नसकी अन्तिममा ज्यानै फाले । कुलतले उनको ज्यान गयो तर परिणाम भोग्नु पर्यो बाचुन्जेल बुवाआमा र मुनाले आँशु पिउँदै हो आँशु पिउँदै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।