बैशाख १८ र १९ मा एमाले क्षेत्र नं. ४ को अधिवेशन

बैशाख १८ र १९ मा  एमाले  क्षेत्र नं. ४ को अधिवेशन

कपन अनलाइन\चैत्र ११, २०७१

 नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ४ को अधिवेशन आगामी बैसाख १८ र १९ गते हुने मिति सार्वजनिक गरिएको छ।  चावहिलस्थित क्षेत्रीय कार्यालयमा गत आइतबार बसेको क्षेत्रीय बैठकले मिति घोषणा गरेको हो । एकवर्ष अगाडिनै कार्यसमितिको पधवाधि सकिएतापनि आन्तरिकरुपमा थप समय लिएर सोही  कमिटीले कार्यगर्दै आएको थियो ।

11088021_609976102437911_194453719_o

गएको अधिवेशनमा खुलम्मखुल्ला दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । त्यो बेला पनि माथिल्लो कमिटिको गुटका कारंण कुसुमकुमार कार्की र ठाकुरप्रसाद खकुरेलको प्यानल बनेर प्रतिस्पर्धा भएको थियो । कुसुमकुमार कार्कीले सहज बिजय तथा आफ्नो कमजोरीका कारण पराजित भएपछि रन्थनिएका ठाकुर प्रसाद खकुरेलले पार्टी नै परित्याग गरेर एमाओवादी  प्रवेश गरेका थिए ।

“हामी आन्तरिक छलफल र कार्य विभाजनको तयारी गरिरहेका छौ, कहा गर्ने र कसले उट्घाटन गर्ने निर्याय गरेपछि हामी तपाइँ हरुलाई खबर गर्छौ” अधिवेशन सम्बंन्धि जानकारी दिँदै क्षेत्रीय उपध्यक्ष लक्ष्मी संग्रौलाले भने । एमालेको पुरानो गाउँ कमिटि संरचनाहरु पूर्णरुपले हटेको र नयाँ नगर कमिटि गठन नभएको हुँदा अधिकांश कार्यकर्ताहरु यतिबेला जिम्वेवार बिहिन छन् ।

पछिल्ला केही समयदेखि चरमरूपमा अन्तर्पार्टी संघर्षमा गुज्रिरहेको देशको दोस्रो ठूलो दल एमाले आफ्ना बिभिन्न कमिटि तथा भातृ संगठनहरूको अधिवेशनको अभियानमा छ। तर अधिवेसनको मितिसँगै माथिल्लो तहको गुट उपगुटको समस्या तल्लोतहसम्म चरमरूपमा देखिदा पार्टीमा भाँडभैलो बढेको बताइन्छ ।

क्षेत्र नं. ४  मा रहेका अधिकांश ठूला भनिने नेता गुट-गुटमा विभक्त भैसकेका छन् । उनीहरूबीच आन्तरिक सम्बन्धसमेत कमजोर बनेको छ । क्षेत्र नंम्बर ४ का प्रमुख नेताहरू उद्धव खरेल, कुसुमकुमार कार्की, लक्ष्मी संग्रौला तथा मिठाराम अधिकारीले घोषित तथा अघोषित रुपमा पार्टीभित्रको गुटको नेतृत्व गरिरहेको आरोप लागिरहेको छ । यस्तो बेला हुन लागेको अधिवेशनले अन्तरिक र बाह्य वृत्तमासमेत राजनीतिक तरङ्ग हुने पक्का  देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।