न्यायाधीश बमका मुख्य हत्यारा साउदीमा समातिए
कपन अनलाइन काठमाडौं चैत्र ११ : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गर्ने मुख्य अभियुक्त सञ्जय स्माईली मगर साउदी अरबमा पक्राउ परेका छन् ।
इन्टरपोलले जारी गरेको डिफ्युजन नोटिशका आधारमा मगरलाई साउदी प्रहरीले मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले जनाएको छ ।
प्रहरीले यसअघि गत पुसमा बमको हत्यामा संलग्न चारजनालार्इ पक्राउ गरिसकेको छ । पक्राउ चारमध्ये एक चुरे भावर पार्टीका उपाध्यक्ष बाबु थापा थिए ।
घटनाका मुख्य सुटर भगवान भनिने सञ्जय स्माइली मगर विदेशमा भएकाले प्रहरीले उनीविरुद्द इन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गरेको थियो । स्माइली पहिलो संविधानसभा निर्वाचनमा चुरेभाबर पार्टीका उमेद्वारसमेत बनेका थिए।
२०६९ जेठ १८ गते बगलामुखी मन्द्रिको दर्शन गरेर फर्किने क्रममा ललितपुरको युएन पार्क नजिकै न्यायाधीश बमको गोली हानी हत्या गरिएको थियो।
सडकमा गाडी कुदिरहेको अवस्थामा पछाडिबाट आएका दुईवटा मोटरसाइकलमा आएका युवाले रोकेर सोधपूछ गर्ने क्रममा गोली हानेका थिए। बमको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।