बुढानिलकण्ठ नगरपालिकाको ८ औ स्थापना दिवस मनाइयो

बुढानिलकण्ठ नगरपालिकाको ८ औ स्थापना दिवस मनाइयो

कपन अनलाइन

काठमाडौँ, मंगसिर १७।

बुढानिलकण्ठ नगरपालिकाको ८ औ स्थापना दिवस मनाइको छ । बुढानिलकण्ठ नगरपालिका भवनको परिसरमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न मौलिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो।

नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र नगर प्रमुख उद्दव प्रसाद खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा १०० वर्ष उमेर पुगेका नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको थियो।

कोरोना प्रकोपको समय र अन्य समयमा नगरपालिकाको विकासमा योगदान पुर्याउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको उक्त अवसरमा दिर्घ सेवा गर्ने कर्मचारीहरुलाई पनि धन्यवाद सहित सम्मान गरिएको थियो।

आठौँ नगर स्थापना दिवसका अवसरमा बोल्दै  काठमाडौँ क्षेत्र– ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोखरेलले संविधानमा दिइएको स्थानीय तहको अधिकारको प्रभावकारी कार्यान्वयनमा एमाले नेतृत्वको अघिल्लो सरकारले थालेका राम्रा कामको निरन्तरता हुनुपर्नेमा पनि जोड दिएका थिए  ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।