नेपाली कांंग्रेसको बागमती प्रदेश अधिवेशन शुरु

नेपाली कांंग्रेसको बागमती प्रदेश अधिवेशन शुरु

कपन अनलाइन

मकवानपुर, मंगसिर १७ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको अधिवेशन बिहिबार बाट सुरु भएको छ । प्रदेश राजधानी हेटौंडा स्थित फरेष्ट्री कलेजमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व छान्दै छ । अधिवेशनको कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलमार्फत उद्घाटन गरेका छन् । प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नुवाकोटका प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीको नाम अगाडि सारेको छ ।

 

 

बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । अधिवेशन उद्घाटनपूर्व हेटौंडाको बुद्धचोकबाट करिब १० हजार जना नेता कार्यकर्तासहितको र्याली निकालिएको थियो । कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहको  अध्यक्षतामा भएको  कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा बोल्दै पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रजातन्त्रको मुल्य र मान्यतालाई सबै राजनीति दलहरुको संवैधानिक प्रकृया अनुरुप आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकमा स्थायी शान्तिलाई संस्थागत गर्न र नेपाली कांग्रेसले अब नयाँ सोच चिन्तनका साथ नेतृत्वपंक्ति अघि बढ्न निर्वाचनलाई स्वस्थ प्रतिस्प्रर्धाबाट सम्पन्न गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।