काठमाण्डौका पाँच प्रदेस सभा सदस्य नेकपा एमालेको केन्द्रीय कमिटीमा

काठमाण्डौका पाँच प्रदेस सभा सदस्य नेकपा एमालेको केन्द्रीय कमिटीमा

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १४।

काठमाण्डौ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष जितेका र समानुपातिकमा परेका पाँच प्रदेस सभा सदस्य नेकपा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित भएका छन।

नेकपा एमालेको दशौ रास्ट्रिय महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित बनेका बागमती प्रदेसका प्रदेस सभा सदस्यहरु मध्ये चार जनाले प्रत्यक्ष निर्वाचन जितेका छन भने एक जना समानुपातिक सांसद रहेका छन।

को को बने केन्द्रीय कमिटी सदस्य ?  

१. केशव स्थापित 

काठमाण्डौ क्षेत्र नं ६ ( १ ) बाट बागमती प्रदेसको प्रदेस सभा सदस्यमा निर्वाचित बनेका केशव स्थापित नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन। काठमाण्डौ महानगरपालिकाका पुर्व प्रमुख स्थापित बागमती प्रदेसको भौतिक पूर्वाधार विकास मन्त्रि समेत भएका थिए।

२. रामेश्वर फुँयाल 

काठमाण्डौ क्षेत्र नं ३ (२ ) बाट बागमती प्रदेसको प्रदेस सभामा निर्वाचित रामेश्वर फुँयाल खुल्ला तर्फ १६९६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । करिव १५ वर्ष नेकपा एमाले काठमाण्डौको नेतृत्व गरेर  फुँयाल बागमती प्रदेसका पुर्व भौतिक पूर्वाधार विकास मन्त्रि समेत रहेका थिए।

३. नारायण सिलवाल 

काठमाण्डौ क्षेत्र नं ५ (१) बाट बागमती प्रदेसको प्रदेस सभामा निर्वाचित नारायण सिलवाल खुल्ला तर्फ १६४४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन। लामो समय देखि नेकपा एमाले काठमाण्डौको राजनीतिमा सक्रिय रहेका सिलवाल यस अघि काठमाण्डौ जिल्ला कमिटीको सह इन्चार्ज रहेका थिए।

४. डा.अजय क्रान्ति शाक्य  

काठमाण्डौ क्षेत्र नं ९ (१ ) बाट बागमती प्रदेसको प्रदेस सभामा निर्वाचित डा.अजय क्रान्ति शाक्य नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन। लामो समय देखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय शाक्य  बागमती प्रदेसका पुर्व आन्तरिक मामिला मन्त्रि समेत रहेका थिए।

५. सिता लामा  

लामो समय देखि निरन्तर रुपमा श्रमिक आन्दोलनमा सक्रिय रहेकी सिता लामा समानुपातिक तर्फबाट बागमती प्रदेसको प्रदेस सभा सदस्य बनेकी थिइन्। नेकपा एमालेको दशौ महाधिवेसनमा नेकपा एमालेको केन्दीय सदस्यमा निर्वाचित लामा काठमाण्डौ बुढानिलकण्ठमा बसोवास गर्दै आएकी छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।