नेपाली कांग्रेस बागमतीको सह महामन्त्रीमा गणेश कोइरालाले उम्मेदवारी दिने

नेपाली कांग्रेस बागमतीको सह महामन्त्रीमा गणेश कोइरालाले उम्मेदवारी दिने

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १४।

नेपाली कांग्रेस बागमतीको सह महामन्त्रीमा गणेश कोइरालाले उम्मेदवारी दिने भएका छन । नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधिमा काठमाण्डौ क्षेत्र नं ४ बाट निर्वाचित कोइरालाले युवाहरुलाई प्रोत्साहन गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन।

अधिवेसनको दौरानमा पार्टी भित्र  देखिएको गुट उपगुटहरु भन्दा फरक रहेर स्वतन्त्र रुपमा आफुले उम्मेदवारी दिने बताउदै कोइरालाले पार्टीमा शैदान्तिक र बैचारिक अभियान चलाउन सो पदमा दावी गरेको धारणा राखेका छन।

नेपाली कांग्रेस बुढानिलकण्ठको पुर्व सभापति रहेका उनले सहयोगका लागि प्रतिनिधिहरुमा अनुरोध गरेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।