युवा नेता हरिबाेल भण्डारीले केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा

युवा नेता हरिबाेल भण्डारीले केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा

कपन अनलाइन 

काठमाडौँ, मंगसिर १५ ।नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले १४ औं महाधिवेशनमा  केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा गरेका छन ।काठमाडौं क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भण्डारी लामो समय नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठनमा सक्रिय थिए ।कांग्रेसकाे अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उठेका भण्डारीले सम्मानजनक मत ल्याएका थिए ।कांग्रेसलाई सुदृढ र सशक्त बनाउन आफ्नो उम्मेदवारी भएको उनले बताएका छन ।

कांग्रेसको आगामि महाधिवेशन लोकतन्त्रवादी युवाहरुका लागि महत्वपूर्ण रहेको भन्दै भण्डारीले केन्द्रीय समितिमा पुगेर पार्टीको नीति, सिद्धान्त र जनताको पक्षमा काम गर्न चाहेको बताए ।‘जननायक वीपी कोइरालाले देख्नुभएको लोकतान्त्रिक र समृद्ध नेपालको सपना अझै पूरा भएको छैन । कांग्रेसले नै यो अभियानको नेतृत्व गर्नुपर्ने भएकोले त्यसको एउटा सिपाही बन्नका लागि म केन्द्रीय सदस्यको प्रत्यासी बनेको छु’, भण्डारीले भने ।विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले समाजसेवाका लागि आफू राजनीतिमा होमिएको बताए । ‘राजनीतिमा लागौँला, पदमा पुगौँला र आफ्नो स्वार्थ पूरा गरौँला भनेर होइन । आफूले सकेको योगदान समाज र राष्ट्रलाई गर्छु भनेर म अगाडि बढेको हुँ’, भण्डारीले भने ।

 

तपाइँको प्रतिक्रिया ।