Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/260966171_476889947100160_2622113744838603608_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ले भद्रकाली संगालो प्रकाशन गर्यो

कपन अनलाइन

काठमाडौँ, मंगसिर १४ ।  “जनप्रतिनिधिहरुको जवाफदेहिता, विकास निर्माणमा समान सहभागिता” भन्ने मूल नाराको साथमा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ले भद्रकाली संगालो २०७८ प्रथम संस्करण बिमोचन गरेको छ। आज खड्का गाउ स्थित न्यु भिजन क्लब परिसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल रहेका थिए भने बिशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य भिमसेन खत्री, उप प्रमुख रमदेबी राइ, पुर्व गाबिस अध्यक्ष श्याम बहादुर खड्का,  बुढानिलकण्ठ  स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल, नेकपा एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि जन प्रतिनिधि बिभिन्न संघ संस्थाका प्रतिनिधिका साथै स्थानीयको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीले गरेका थिए भने कार्यक्रम संचालन वडा सदस्य नानु खड्का श्रेष्ठले गरेकी थिइन ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि तथा बिशेष अतिथिले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो। वडा सदस्य श्याम कृष्ण महर्जनले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सदस्य विश्वराम खड्काले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए।कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले आफ्नो कार्यकालमा भए गरेका भौतिक आर्थिक  सामाजिक तथा सांस्कृतिक बिकास कार्यहरुको संगालो भद्रकाली संगालो २०७८ बिमोचन गरिएको थियो ।उक्त कार्यक्रम मा भद्रकाली संगालोको सम्पादकीयको तर्फ बाट हरिश चन्द्र केसी, नेकपा एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल नेकपा एमाले बुढानिलकण्ठ ६ का  रबि खड्का, नेपाली कांग्रेसका  प्रलाहद खड्का,नेपाली कांग्रेस महादिबेशन प्रतिनिधि  शुभद्रा खड्का,बुढानिलकण्ठ नगरपालिका उप प्रमुख रमदेबी राइ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेश सभा सदस्य भीमसेन खत्रीले वडा अध्यक्ष नबिन केसीले सिर्जनात्मक कार्य गरेको बताएका थिए। उनले सबै संग समन्वय गरेर विकास निर्माणको काम मात्र नभई अन्य काममा पनि उत्तिकै लागिरहने अध्यक्ष केसीको प्रसंशा गरेका थिए। उनले जनप्रतिनिधिहरुले सबै काम एक्लै गर्न नसक्ने बताउदै उनले जनप्रतिनिधिलाइ हातमा हात साथमा साथ् लिएर स्थानीय पनि लाग्नु पर्ने उनको भनाइ रहेकोभौतिक विकास संगै मानविय स्रोत साधन जन शक्तिको विकास पनि आवश्यक रहेको बताए । उनले भौतिक पूर्वाधार मात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका  थिए । भौतिक विकासलाई मात्रै विकास मान्दा सामाजिक सवालहरु ओझेलमा पर्ने गरेको उनको धारणा रहेको थियो । उनले जुन सुकै काम सामुहिक रुपमा गरेको खण्डको सफल हुने बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले आयोजकलाइ धन्यबाद  दिदै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसी इमान्दार र निरन्तर समन्वयसक्रिय रहने असल प्रतिनिधित्व गुण भएको हुदा ६ नं वडामा सिमाना जोडिएका वडा संग समन्वय गर्दै नगर प्रदेश र संघका प्रतिनिधिहरु संग प्रभाबकारी समन्वयका कारण थुप्रै विकास निर्माणका गतिबिधि समेटर भद्रकाली संगालो २०७८ प्रकाशित गरेकोमा खुसि ब्यक्त गरेका थिए।

अध्यक्षताको आसन बाट बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। उनले  चुनौती नै अवसर हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सुन्य बाटशुरु गरेको पूर्वाधारका विकास सामाजिक विकास लगायत स्थानीय वडा बासीको हितको लागि हरदम लागि परेको बताएका थिए। उनले पूर्वाधार बिकासमा स्थानीय जनताले गरेको समन्वयको कारण सम्भब भएको बताउदै त्यसको जस पनि स्थानीय जनतालाई नै जाने बताएका थिए । उनले आगामी दिनमा पनि  वडा बासि संगै यस्तै सहयोगको  अपेक्षा गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष नबिन केसीको रचना तथा स्थानीय सरोज थापाको शब्द संगीतमा तयार गरिएको वडा  गीत पनि सुनाइएको थियो  भने वडा नं ६ को विकास निर्माण लगायत अन्य गतिबिधिमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।