बुढानिलकण्ठ नगरपालिकामा सोचे अनुसार काम गर्न सकिएन : प्रमुख उद्दव खरेल

कपन अनलाइन

काठमाडौं, मंगसिर १४ ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले स्थानीय तहमा सोचे अनुसार काम गर्न नसकेको बताएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को प्रकासन भद्रकाली सन्देस बिमोचन कार्यक्रममा बोल्दै उनले  जनता सामु गरेका गरेका प्रतिबद्धताहरु उपलब्ध साधन स्रोत र जनशक्तिको आधारमा थुप्रै योजनाहरु गर्न कोसिस गरेको भए पनि  जनताले गरेको अपेक्षा  र आफुहरुले  गरेको प्रतिबद्धताको बिचमा खाडलहरु रहेको बताएका हुन ।

उनले त्यो खाडल हुनुमा बुढानिलकण्ठ नगरपालिकाका आफ्नै समस्याहरु रहेको बताउदै  नगरपालिका घोषणा भएपछि लामो समय काम गर्दै आएको बानी र पद्दतिलाइ समग्र नगरको एकीकृत सोच अनुसार योजना बनाई अगाडी लैजान निकै समस्या परेको धारणा राखेका थिए।

उपलब्ध साधन स्रोतको र अधिकतम प्रयोग र परिचालनबाट प्राथमिकताका साथ जनताको छिटो छरितो विकास होस् भन्ने अपेक्षा अनुरुप कार्य गर्न चुनौतीपूर्ण रहेको भन्दै उनले   सो को सामना गर्दै १३ वटै वडाको सन्तुलित विकासमा नगरपालिकाले कार्य गर्दै आएको बताएका थिए।

सूरुको एक वर्ष त बस्ने ठाउ पनि नपाएको स्मरण गर्दै अर्को बर्ष  नीति नियमन बनाई काम गर्न नपाउदा नीति नियम बनाउन खर्चिनुपरेको बताए। त्यसै गरि  नीति नियम बनाए संगै  विकास निर्माणको कार्य छिटो छिटो लानुपर्छ भनेर काम अघि बढाउदै गर्दा कोरोमना  महामारीको प्रकोप झेल्नु परेको भन्दै दुख व्यक्त गरेका थिए ।

उनले महामारीको त्रास र भय भित्र पनि जनप्रतिनिधि स्वयं सेवक राजनीतिक दल स्वास्थ्यकर्मी सुरक्षाकर्मी अहोरात्र खटेको स्मरण गर्दै   महामारीका कारण गर्न चहादा चाहदै पनि काम गर्न नसकको बताएका थिए।

उनले सोचेको काम गर्न नसके पनि बेठिक चाही नगरेको दावाका गर्दै  गरेको काम  सबै नगरवासीको घर आगन र  दैलोमा देखिने विस्वास ब्यक्त गरेका थिए।

उनले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसी इमान्दार र निरन्तर समन्वयसक्रिय रहने असल प्रतिनिधिको गुण भएको भन्दै वडामा सिमाना जोडिएका वडा संग समन्वय गर्दै नगर प्रदेश र संघका प्रतिनिधिहरु संग प्रभाबकारी समन्वयका गरेर थुप्रै विकास निर्माणका गतिबिधि समेटर भद्रकाली संगालो २०७८ प्रकाशित गरेकोमा खुसि ब्यक्त गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।