Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/262402702_949608635986382_633398210885823167_n-1-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/262111603_322816332708492_3504106175874340785_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगितामा त्रि-ज्योति र समता स्कुल क्वाटरफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौँ, मंगसिर १३ ।गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना  गरिएको चौथो  चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको  प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन। गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा  संचालन  भएको सो प्रतियोगीतामा   कुल २४ वटा  बिध्यालयका  बिद्यार्थीहरुको टिमले  सहभागीता  जनाएका छन ।

मंगसिर ९ गते  देखि शुरु भएको  सो  प्रतियोगीताको  पहिलो प्रि-क्वाटरफाइनल खेल समता स्कुल र सरस्वती स्कुल बीच भएको थियो निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा समता स्कुलले सरस्वती स्कुललाइ ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।समता स्कुल को लागि जर्सी नं १० का सुनिल तामाङ र जर्सी नं २० का अनिल कटुवालले एक एक गोल गरे भने एउटा गोल सरस्वती स्कुलको तर्फ बाट आत्मघाती गोल हुन् पुग्दा समता स्कुलले सरस्वती स्कुललाइ ३-० गोल अन्तरले पराजित गर्यो। उक्त खेलको म्यान अफ द म्याच समता स्कुलका जर्सी नं १० का खेलाडी सुनिल तामाङ घोषित भए ।

आज नै भएको अन्ति प्रि क्वाटरफाइनल खेल त्रि ज्योति स्कुल कपन र एकता जेम्स स्कुल बीच भएको थियो। उक्त खेलमा त्रि –ज्योति स्कुल कपनले एकता जेम्स स्कुललाइ ४-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। त्रि- ज्योतिको लागि जर्सी नं ३० का समिर राइले दुइ गोल गरे भने जर्सी नं११ का कुशल कार्कीले एक गोल गरेका थिए। खेलमा एकता जेम्स स्कुलका जर्सी नं४ का सोनाम लामाले आत्मघाती गोल  गर्दा त्रि ज्योति स्कुल ४-० गोल अन्तरले बिजयी भयो ।खेलमा त्रि ज्योति स्कुलका  जर्सी नं३० का समिर राइ म्यान अफ द म्याच घोसित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।