Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/262403273_3121132291544669_4991098866020602468_n-e1638157644225.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सोविता मिजारले गोकर्णेश्वर ८ को कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी निभाइन

कपन अनलाइन

काठमाडौँ,मंगसिर १३ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सोविता मिजारले निभाएकी छिन ।वडा अध्यक्ष मनोज कुमार ढुंगानाले आईतबार एक दिनका लागी वडा सदस्य सोविता मिजारलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएका हुन ।

जिम्मेवारी लिए पछि वडामा बसेर काम गर्दा नयाँ अनुभव भएको भन्दै कार्यवाहक वडा अध्यक्ष सोविता मिजारले जनप्रतिनिधिको रुपमा वडा कार्यालयबाट स्थानीय जनताको काम गर्न पाउँदा खुसि लागेको बताएकी छिन  । उनले महिलालाई नेतृत्व विकास गर्न अवसर दिएकोमा वडा अध्यक्ष ढुंगानालाई धन्यवाद समेत व्यक्त गरेकी छिन ।वडा अध्यक्ष ढुंगानाले दलित महिला वडा सदस्यको रुपमा सोविता मिजारलाई प्राप्त जनमतको सम्मान गर्दै नेतृत्व विकासमा सहयोगी हुने सोचेर कार्यवाहक वडा अध्यक्षको  जिम्मेवारी दिएको जानकारी गराएका छन

 

 

तपाइँको प्रतिक्रिया ।