Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/261033625_415426640294393_4731105179872546725_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगितामा सांग्रिला र मनकामना स्कुल बिजयी

कपन अनलाइन

काठमाडौँ,मंगसिर१३ । गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना  गरिएको चौथो  चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको  आइतबारको खेलहरु सम्पन्न भएका छन। गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय इंगलिस पब्लिक स्कुल को खेल मैदानमा  संचालन  भएको सो प्रतियोगीतामा  गोकर्णेश्वर नगरपालिका भित्र  संचालनमा रहेका कुल २४ वटा  बिध्यालयका  बिद्यार्थीहरुको टिमले  सहभागीता  जनाएका छन ।

मंगसिर ९ गते  देखि शुरु भएको  सो  प्रतियोगीताको  चौथो  दिनको पहिलो खेल नेपालय इंग्लिस पब्लिक स्कुल बि र सांग्रिला स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा सांग्रिला स्कुलले नेपालय  इंगलिस पब्लिक स्कुल बि लाइ ३-१ गोल अन्तरले पराजित गरेको छ ।सांग्रिला स्कुलको लागि जर्सी नं ७ का दिल बहादुर खत्रीले एक गोल र , जर्सी नं ४ का सागर दनुवारले दुइगोल गर्दै टिमलाइ बिजयी  बनाए । नेपालय  इंगलिस पब्लिक स्कुल बि को तर्फ बाट जर्सी नं ९ का वनचक मगरले सान्त्वना गोल गरेका थिए।

त्यसै गरि सोहि दिन भएको दोस्रो खेल मनकामना स्कुल र जीवनतारा  बीच भएको थियो उक्त खेलमा मनकामना स्कुलले जीवन तारा स्कुललाइ ४-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।मनकामना स्कुलको लागि  बिरेनले दुइ गोल गरे भने पाल्देन र अनुजले एक एक गोल गर्दै टिमलाइ बिजयी बनाए ।    विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल संचालन  गरिदै आएको सो प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।प्रतियोगिता मंगसिर १८ गते सम्म चल्नेछ । उक्त खेलमा रेफ्रीको भूमिकामा प्रदिप लामा र कृष्ण चौधरी रहेका छन ।

तपाइँको प्रतिक्रिया ।