नेकपा माओवादी केन्द्र बुढानिलकण्ठमा झुक्काएर केन्द्रीयता लादियो : रेवतराज तिमल्सिना

कपन अनलाइन

काठमाण्डौ , मंगसिर १२।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर अधिवेसनमा केन्द्रीयता लादेर झुक्काइको भन्दै प्रभावशाली नेताहरुले असन्तुस्टी जनाएका छन।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका प्रभावशाली नेता रेवतराज तिमल्सिनाले नगर अधिवेसनमा पार्टी इन्चार्ज सहित अन्य नेताहरुले हलमा उपस्थित बहुमत प्रतिनिधिहरुको आवाजलाई बेवास्ता गर्दै नगर कमिटी घोषणा गरिएको भन्दै असन्तुस्टी जनाएका छन।

६५ सदस्यीय बुढानिलकण्ठ नगर कमिटीका सदस्य तथा आम कार्यकर्ताहरुको मत र मनलाई नबुझी नेताहरुले माथि बाट जवर्जस्ती रुपमा पदाधिकारी घोषणा गर्दा आम कार्यकर्ता तथा समर्थकहरुमा निरासा पैदा भएको भन्दै तिमल्सिनाले केहि नेताहरुको तजबिजी अधिकार प्रयोग भएकोमा आपत्ति समेत प्रकट गरेका छन।

२०५७ साल देखि माओवादी बुढानिलकण्ठमा सक्रिय बन्दै वडा नं ११ कमिटीका पुर्व अध्यक्ष समेत रहेका तिमल्सिनाले माथिल्लो कमिटीका केहि नेताहरुले आफ्ना परिवार र समर्थकहरुलाई स्थापित गराउने पहल गर्दा धेरै निष्ठावान र पुराना नेता कार्यकर्ताहरु अन्यायमा परेको बताएका छन।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका इन्चार्ज बिदुर खड्काले छलफलको लागि भन्दै प्रस्ताव गरेको नामलाई एकाएक तालि बजाउन लगाएर पारित गर्दा त्यहा उपस्थित धेरै पुराना र निरन्तर काम गर्दै आएका नेताहरुले नेतृत्वको दावीबाट बन्चित बन्नु परेको बताउदै उनले यो प्रवृतिले संगठनलाई दुरगामी असर पार्ने धारणा राखेका छन।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठमा माथिल्लो कमिटीले लादेको केन्द्रीयताको विरोध र भण्डाफोर गर्दै पार्टी निर्माण र विस्तारमा सधै सक्रिय रहने भन्दै तिमल्सिनाले यस्तो संवेदनशील विषयमा  नगरका कतिपय नेतृत्वको आश्चर्यजनकमौनता र लाचारीपन भने निकै अर्थपूर्ण रहेको धारणा ब्यक्त गरेका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।