‘चुनावको तयारीमा लाग्नुस देश बनाउन एमालेले बहुमत ल्याउनैपर्छ’-ओली

कपन अनलाइन

काठमाडौं मंगसिर ११।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।चितवनको नारायणी किनारमा १० औँ महाधिवशेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा विकासको लहर चलाउनका निम्ति बहुमत जरुरी भएकाले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन आफ्नो पार्टीले एकल बहुमत ल्याउन आवश्यक रहेको बताएका छन् ।‘देश विकासका लागि एमालेले अब एकल बहुमत ल्याउनुपर्छ,’ उनले भने, ‘बहुमत एमालेका लागि होइन, देश बनाउनका लागि हो । लोकतन्त्र, राष्ट्रिय स्वाधिनता र संविधानको रक्षाका लागि हो ।’अध्यक्ष ओलीले संविधानलाई जनमतद्वारा सच्याएर देशलाई अघि बढाउन र विकासको लहर अघि बढाउन पनि एमाले सत्तामा फर्किनुपर्ने बताए ।

उनले परमादेशमार्फत सरकार फेरिने कुरामा नजाऔँ भनेर जनताका बीचमा जान आफू सरकारको नेतृत्वमा हुँदा चुनाव घोषणा गरेको बताए ।‘ढिलो चाँडो हामीलाई चुनावमा जानैपर्छ । परमादेशमार्फत सरकार फेरिने कुरामा नआऔँ बरु जनताका बीचमा जाऔँ भनेका थियौं,’ उनले भने, ‘जनताका बीचमा जान कतिपय दल डराउँछन् ।’

तपाइँको प्रतिक्रिया ।