Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/259969408_1561057754257104_5696268149349212378_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/260472816_200941042117779_6079730769635393650_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चौथो  चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको दोस्रो दिनका खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौँ, मंगसिर ११ । गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना  गरिएको चौथो  चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको दोस्रोदिनका खेलहरु सम्पन्न भएका छन। गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय इंगलिस पब्लिक स्कुल को खेल मैदानमा  संचालन  भएको सो प्रतियोगीतामा  गोकर्णेश्वर नगरपालिका भित्र  संचालनमा रहेका कुल २४ वटा  बिध्यालयका  बिद्यार्थीहरुको टिमले  सहभागीता  जनाएका छन ।

मंगसिर ९ गते  देखि शुरु भएको  सो  प्रतियोगीताको  दोस्रो दिनको पहिलो खेल  लिटिल बड स्कुल र नेपालय स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा  नेपालय स्कुलले लिटिल बड स्कुल लाइ २-० गोल अन्तरले पराजित गरेको थियो।  उक्त खेलमा नेपालयका जर्सी नं ८ का भुवन भण्डारी र जर्सी नं ६ का आकाश तामाङले गोल गरेका थिए।

त्यसै गरि सोहि दिन भएको दोस्रो खेल ग्रिन तारा स्कुल र सांग्रिला स्कुल बीच भएको थियो। उक्त खेलमा ग्रिनताराले सांग्रिला स्कुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ। सोहि दिन भएको अन्तिम खेल बाल सुधार स्कुल र रिम्स स्कुल बीच भएको थियो। उक्त खेलमा रिम्स  स्कुलले बाल सुधार स्कुललाइ ५-० गोल अन्तरले पराजित गर्दै आर्को चरणमा प्रवेश गरेको छ ।विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल संचालन  गरिदै आएको सो प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।प्रतियोगिता मंगसिर १८ गते सम्म चल्नेछ ।

तपाइँको प्रतिक्रिया ।