नेकपा एमालेको महाधिवेशन, बन्दसत्र अघिको रौनक
कपन अनलाइन
काठमाडौँ,मंगसिर ११ । नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्र सुरु हुँदैछ । शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र चितवनको पर्यटकीयस्थल सौराहमा सुरु हुन लागेको हो ।
अहिले बन्दसत्रस्थलमा प्रतिनिधिहरू उपस्थित भैरहेका छन् । बन्दसत्र सुरु हुनुपर्व अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू भने छलफलमा जुटेका छन् ।नयाँ नेतृत्व चयन गर्दै बन्दसत्र सकिनेछ । नयाँ नेतृत्वका लागि आजै प्रकृया सुरु हुने एमालेले जनाएको छ । एमाले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा छ ।
तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन् ।बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत नेतृत्व चयनको माग गर्दै एमालेका युवा–विद्यार्थी नेताले सौराहास्थित होटल सेभेनस्टरअघि प्रदर्शन समेत गरेका छन ।सर्वसम्मत नेतृत्व नयनको प्रयासस्वरुप शुक्रबार राति बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसँगै केन्द्रीय कमिटी संख्या बढाउने निर्णय गरे सँगै आकांक्षी पनि बढेकाले सर्वसम्मत नेतृत्व चयन सकसपूर्ण हुने देखिएको छ ।