Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/261439531_126806469758447_6965096440061387826_n-482x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडाैँ जिल्ला सभापतिमा उपेन्द्र कार्कीको प्यानल घाेषणा

कपन अनलाइन

काठमाडौँ, मंगसिर ११ । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा कृष्ण बानियाँ (सबुज) र उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला अधिवेशनमा बानियाँ र कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । बानियाँ काठमाडौं सभापतिमा दोहोरिने तयारीमा छन  भने कार्की यसअघि काठमाडौं क्षेत्र नम्बर २ को सभापति थिए । कार्कीले बिहीबार काठमाडौंमा  एक कार्यक्रमका बीच जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

  उक्त कार्यक्रममा कार्कीले  जिल्ला अधिवेशनका लागि आफ्नो प्यानल सार्वजनिक गरेका छन् । जसमा बुढानिलकण्ठका युवा नेता रामलाल श्रेष्ठ र धर्मराज अर्याल उप सभापति बनाइएको छ भने सचिबमा गोकर्णेश्वरका युवा नेता कुमारराज सुवेदी र  सागरदास रञ्जित रहेका छन। त्यसै गरि सह–सचिवमा  लक्ष्मण गौतम र सुस्मिता प्रधान  रहेका छन।  कार्कीले देखिने , सुनिने र भेटिने  कांग्रेस बनाउने आभियान रहेको भन्दै आफ्नो समूहलाइ मत दिन   सबै मतदाता तथा शुभेच्छुकसँग  सहयोगको लागि अनुरोध गरेका छन

तपाइँको प्रतिक्रिया ।