Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/260366884_414456220394609_638459148736342531_n-e1637911116501.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

एमाले महाधिवेशन शुरु, नारायणी किनारमा हजारौं कार्यकर्ताहरु जम्मा

कपन अनलाइन

काठमाडौं मंगसिर १०। नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह चितवनमा सुरू भएको छ। नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम सुरू भएको छ । महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रम छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

उद्घाटन समारोहमा केही विदेशी पाहुनाहरुको पनि सहभागिता रहनेछ । एमालेलाई शुभकामना दिन ४ देशका विभिन्न दलका १५ जना अतिथिहरू आएका छन् ।उद्घाटन कार्यक्रमको सुरूआतमा कलाकारहरूले प्रस्तुति दिएका छन् ।अहिलेसम्म रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य , प्रदिप ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डे लगायतका नेताहरु महाधिवेशनस्थल पुगिसकेका छन् ।अहिले सांस्कृति कार्यक्रम भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।