हरिबोल भण्डारीलाइ काठमाण्डौ क्षेत्र नं ३ मा सर्वाधिक मत

हरिबोल भण्डारीलाइ काठमाण्डौ क्षेत्र नं ३ मा सर्वाधिक मत

कपन अनलाइन

काठमाडौं मंगसिर १०  ।काठमाडौं क्षेत्र नं ३ वाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा नेता  हरिबोल भण्डारी सर्वाधिक मत प्राप्त गरेका छन।  । कुल  ३ सय ६६ मतदाता रहेको उक्त क्षेत्रमा भण्डारीले २३८ मत पाएका थिए ।विद्यार्थीकाल देखिनै राजनीतिमा लागेका भण्डारी आफ्नो जन्मस्थान जोरपाटी क्षेत्रबाट कांग्रेस राजनीतिमा सकृय हुदैं आएका थिए । भण्डारी नेपाल र अमेरिकामा व्यापार व्यवसायमा संलग्न छन् ।भण्डारी यस अघि पनि महासमिति सदश्य निर्वाचित भएका थिए ।

उनले यस अघि कांग्रस महाधिवेशनमा केन्द्रिय सदश्यमा उम्मेदवारी दिएका थिए । भण्डारीले कांग्रेस महाधिवेशनमा केन्द्रिय सदश्यका लागि उम्मदेवारी दिने तयारी गरिरहेका छन् ।अझै केही बर्ष सकृय रुपमा राजनीतिमा लाग्ने उनको योजना छ । भण्डारी गैर आवासिय नेपाली संघका पनि सल्लाहकार समेत  हुन् । राजनीति संग संगै समाजसेवामा पनि उत्तिकै सक्रिय भण्डारीले नेपालमा रहदा होस् वा  प्रवास मा रहदा   नेपालीहरुलाई  प्रकोप बाट उत्पन्न बिभिन्न समस्यालाई सकेको  सहयोग गर्दै आएका छन ।

तपाइँको प्रतिक्रिया ।