नेकपा माओवादी केन्द्र फिक्कलमा वडा अधिवेसन सम्पन्न,को को बने अध्यक्ष ?

नेकपा माओवादी केन्द्र फिक्कलमा वडा अधिवेसन सम्पन्न,को को बने अध्यक्ष ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ८।

नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिका सिन्धुलीका ६ वटै वडामा अधिवेसन सम्पन्न भएको छ।यहि मंगसिर ४ र ५ गते   भएको वडा अधिवेसनले सबै वडामा पदाधिकारी तथा सदस्यहरु चयन गरेको थियो।

नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिका वडा नं १ कमिटीको अध्यक्षमा होम बहादुर  सुनुवार, वडा नं २ मा बच्चु नेपाली ,वडा नं ३ मा भोज बहादुर पाख्रिन ,वडा नं ४ मा माधव घिमिरे ,वडा नं ५ मा अम्बर बहादुर मगर र वडा नं ६ मा देवेन्द्र पाख्रिन अध्यक्ष चयन भएको नेकपा माओवादी केन्द्र फिक्कल गाउँ कमिटी इन्चार्ज मुरारी भण्डारीले जानकारी दिएका छन।

पार्टीलाई जनताको घरदैलोमा पुर्याउदै पार्टीको साखलाई पुन पहिलो स्थानमा पुर्याउने अठोटका साथ पहिलो टोल भेला हुँदै वडा अधिबेशन सम्पन्न गरिएको जानकारी दिदै इन्चार्ज भण्डारीले चाडै थप अभियान लिएर जनतामा जाने बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।