नेकपा एमालेको निर्वाचन कार्यतालिका यस्तो छ

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ८।

नेकपा एमालेले १० औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. बिजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गरेका हुन्  ।

कार्यतालिका अनुसार महाधिवेशनमा मंसिर ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । १२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ ।

एमाले महाधिवेशनको उद्घाटन १० गते चितवनको नारायणी नदी किनारमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।