नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ मा अधिवेसन स्थगित, निर्वाचन भोलि

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन स्थगित गरिएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ८ पशुपतिमा रहेको सुमार्गी भवनमा भैरहेको अधिवेसनको निर्वाचन भोलि गर्ने गरी स्थगित गरिएको हो ।

काठमाण्डौ क्षेत्र नं ४ मा श्याम संगत र इन्द्र बहादुर थापाले सभापतिमा उम्मेदवारी दिए संगै दिनभर भएको सहमति प्रयास सफल नभए पछी आज अवेर भएको भन्दै भोलि निर्वाचन गर्नेगरी स्थगित भएको एक प्रतिनिधिले जानकारी दिएका छन ।

हाल सम्म थापाले प्यानल सार्वजनिक गरेका छैनन भने संगतको प्यानल बाट प्रवेस लामिछाने र डिल्ली प्रसाद डोटेल सचिवको उम्मेदवार रहेका छन । त्यस्तै दामोदर भट्टराई ( बद्रि ) ले पनि सचिवमा उम्मेदवारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।