पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको जग्गा फुकुवा सम्बन्धी सार्वजनिक सुचना

पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको  जग्गा फुकुवा सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ,मंगसिर ७। पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाले आयोजना क्षत्र भित्रका रोक्का राखिएका जग्गाहरु फुकुवा गरेको सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ। आयोजना प्रमुख ई. दीपक श्रेष्ठले जारी गरेको उक्त सुचनामा मिति २०७७/११/२९ गतेको आयोजना व्यवस्थापन उप समितिको निर्णयानुसार आयोजनाको चार किल्ला क्षेत्र भित्रका जग्गाहरु मिति २०७८/४/२० गते राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित सुचना अनुसार रोक्का राखिएको सम्पूर्ण कित्ता जग्गाहरु मिति २०७८/ ७/२९ मा आयोजना व्यवस्थापन उप समितिको बैठकको निर्णयानुसार सो आयोजनाको भौतिक विकास  योजना नेपाल सरकार बाट स्वीकृत नहुन्जेल सम्मका लागि पूर्ण रुपमा फुकुवा गरेको उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।