ओखलढुंगाका दुवै प्रदेस क्षेत्रमा नेपाली कांग्रेसका को को बने विजयी ?

कपन अनलाइन

ओखलढुंगा ,मंगसिर ६।

नेपाली कांग्रेसकाे १४ औं महाधिवशेन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारहरुकाे प्यानलै निर्वाचित भएकाे छ । देउवा समर्थित समुहकाे जिल्ला समापतिका उम्मेद्वार तेजेन्द्र खनाल समुहका उम्मेदवारहरुकाे प्यानलै निर्वाचित भएकाे हाे ।

खनाल समुहकाे क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ क मा सन्ताेषबाबु थापाकाे प्यानलै बिजयी भएकाे छ । उनका प्रतिद्वद्वि हाेमबहादुर कार्की थिए । थापाले खसेकाे १३ सय ५८ मतमध्ये  ३ सय ६९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी पुराना नेता होमबहादुर कार्कीले २ सय ७७ मत मात्रै ल्याएका थिए ।

उप–सभापतिमा कृष्णप्रसाद कोईराला ४ सय १ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी केशर बहादुर गुरुङले ३ सय ८८ मत ल्याए । सचिवमा उमंग श्रेष्ठ ३ सय ९० र ऋषिकुमार चौलागाईले ३ सय ६६ मत ल्याएर विजयी भएका छन् । सह सचिवमा दोर्ची शेर्पा ३ सय ८४ मत र पुष्कर थापा ३ सय ५९ मत ल्याएर विजयी भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र क मा पनि  देउवा पक्ष तेजेन्द्र खनाल प्यानलका सबै उमेदवार विजयी भएका छन् ।

निर्वाचन क्षेत्र ख मा ६ सय ६७ मत खसेकोमा ४३ मत बदर भएको थियो । यो क्षेत्रमा ३ सय ३४ मत ल्याएर आश्राचन राई विजयी भएका छन् भने  उनका प्रतिस्पर्धी कुलबहादुर श्रेष्ठले २ सय ९१ मत ल्याएका थिए ।

उपसभापतिमा ४ सय २ मत ल्याएर विष्णुकुमार कार्की र ३ सय ६० मत ल्याएर रुद्रप्रसाद घिमिरे विजयी भएका छन् । सचिवमा कल्याण राई ३ सय ७८ मत र केशर बहादुर तामाङ ३ सय ५६ मत ल्याएर विजयी भएका छन् ।सह सचिवमा नरध्वज खड्का ३ सय २५ मत र नविनकुमार खड्का ३ सय ७६ मत ल्याएर विजयी भएका छन् ।

को को बने विजयी ?

तपाइँको प्रतिक्रिया ।