सिन्धुपाल्चोकबाट काठमाडौं आउदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकबाट काठमाडौं आउदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ६।

सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको छ ।

सोमबार बिहान ८ बजे  सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् ।

तपाइँको प्रतिक्रिया ।