सहकारीका गलत कुरामात्र बाहिर आउँदा राम्रा काम गर्ने निरुत्साहित

सहकारीका गलत कुरामात्र बाहिर आउँदा राम्रा काम गर्ने निरुत्साहित

पुरुषोत्तम नेपाल\कपन अनलाइन\ चैत्र ८, २०७१

ठूला नीजि मिडियाले सहकारी अभियानका केही सीमित व्यक्तिले गरेका नकारात्मक कुराको मात्र प्रचार गर्दा राम्रा काम गर्ने सहकारीकर्मीहरु छायाँमा परेको राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक के.बी. उप्रेतीले बताएका छन् । सहकारी क्षेत्रमा राम्रो काम गर्ने व्यक्ति तथा संस्था पनि दिग्भ्रमित हुने अवस्था आएको उनले बताएका छन् । राजधानीमा आयोजित जिल्ला सहकारी संघ, काठमाडौका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत एवं बधाई तथा निवर्तमान पदाधिकारीलाई सम्मान कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समेत रहेका उप्रेतीले उक्त कुरा बताएका हुन् ।

20150321_172056

20150321_170516 20150321_170652 20150321_170910
20150321_175736

नवनिर्वाचित अध्यक्ष टेकप्रसाद चौंलागाईंले जिल्ला सहकारी संघहरु मध्ये धेरै सदस्य भएको संघ भएको नाताले चुनौतीहरु पनि स्वाभाविक रुपमा धेरै भएको बताए । उनले  सबै सरोकारवालाहरुको साथ लिदैं आफ्नो नेतृत्व चुनौतीको सामाना गर्न तयार भएको बताए । महिला संचालकहरुको तर्फबाट  अमरावती महर्जनले सहकारी क्षेत्रमा महिलाहरुको क्षमता अभिवृद्धि गर्न जिल्ला संघले भूमिका खेल्ने बताइन् । निरञ्जन आचार्यको सभापतित्व तथा केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघका महासचिव परितोष पौड्याल, काठमाडौं बचत संघका सचिव केशव दंगाल लगायतले बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

५८ औं राष्ट्रिय सहकारी दिवस चैत्र २० गते

यसैबीच जिल्ला सहकारी संघ, काठमाडौंले “आयात प्रतिस्थापन र समाजिक न्यायका लागि सहकारी” भन्ने मूल नाराका साथ ५८ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । संघका महासचिव खेमराज सुवेदीका अनुसार काठमाडौं जिल्लामा उक्त दिवस मनाउन संघका अध्यक्ष टेकप्रसाद चौंलागाईं संयोजक र डिभिजन सहकारी कार्यालय, काठमाडौंका वरिष्ठ सहकारी अधिकृत विक्रम प्रसाद पाण्डेय सह संयोजक रहेको मूल समारोह समिति र अन्य विविध उप समितिहरु निर्माण गरेको छ । यसैगरी संघले आफ्ना सम्पूर्ण सदस्य सहित अन्य सहकारीहरुलाई पनि विविध कार्यक्रम गरी सहकारी दिवस मनाउन आग्रह गर्दै चैत्र २० गते माइतीघरबाट शुरु हुने ¥यालीमा आ–आफ्ना ब्यानर सहित सहभागी हुन समेत आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।