नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को सचिवमा किरण केसीले उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौँ, कात्तिक २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा केन्द्र संग संगै प्रदेश, र  क्षेत्र  स्तरमा समेत उम्मेद्धारी घोषणा गर्ने क्रम दिन दिनै बढ्दै गएको छ । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नं ३ को सचिबमा  किरण केसीले आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका छन ।यस अघि केसीले  नेपाली कांग्रेस  काठमाडौं क्षत्रनं ३ को क्षेत्रीय कोषाध्यक्षमा  रहेर कुशलता पुर्वक कार्य सम्पादन गरिरहेका  छन ।

२०४७  साल बाट नेपाली कांग्रेसको साधारण सदस्यता लिएर राजनीतिक यात्रा शुरु गरेका केसी २०५९ सालमा तरुण दलको काठमाडौं सदस्यमा रहेर पनि काम गरिसकेका छनभने  नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट काठमाडौं क्षेत्र नं ३ को क्षत्रीय सदस्य हुदै १३औं महाधिवेशनबाट नेपाली कांग्रेस काठमाडौं  क्षेत्रनं ३ को क्षत्रीय कोषाध्यक्ष भएका थिए ।  नेपाल मेडिकल कलेज अत्तरखेल कर्मचारी युनियनका अध्यक्ष समेत रहेका केसी समाजसेवामा पनि उत्तिकै  सक्रिय रहेका छन् ।

नेपाली कांग्रेसको बिचारमा अडिग रहेका केसी यस पटक आफु क्षेत्रीय सचिब भएर पार्टी र समाजको सेवा गर्ने उदेश्यले क्षेत्रीय सचिब पदमा आफ्नो उम्मेद्धारी रहेको बताउँछन । आफु सचिबको भुमिकामा रहेर पाटीलाई थप चलायमान र गतिशिल बनाउने आफ्नो योजना रहेको केसीले बताएका छन्।केसीले  आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने र आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको बिकास, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउदै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुलाई आफुलाई सहयोग गर्न आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।