नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को क्षेत्रीय सचिवमा  मनोज कुमार ढुंगानाको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाडौँ, कात्तिक २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा केन्द्र संग संगै प्रदेश, र  क्षेत्र  स्तरमा समेत उम्मेद्धारी घोषणा गर्ने क्रम दिन दिनै बढ्दै गएको छ । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नं ३ को सचिबमा  मनोज कुमार ढुंगानाले  आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका छन ।यस अघि ढुंगाना नेपाली कांग्रेस गोकर्णेश्वर ८ का इकाई सभापतिमा रहेर    रहेर कुशलता पुर्वक कार्य सम्पादन गरिसकेका छन ।सचिवका उम्मेद्वार ढुंगानाले   ‘नियम’, ‘अभ्यास’ र विधि स्थापनाका लागि ‘प्रक्रिया भन्ने तीन पक्षलाई उठाएका छन् । सचिबमा निर्वाचित भएपछि जनताको  हकहितका पक्षमा सधैं सक्रिय रहने ढुंगानाले कपन अनलाइनलाइ बताए। सहयोगी र आशालाग्दा नेताको रुपमा परिचित ढुंगाना हाल  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष समेत हुन । ६२÷६३ को जनआन्दोलनमा  लगायत नेपाली कांग्रेसको बिभिन्न गतिविधिमा सफलतापूर्वक भूमिका निर्वाह गर्दै आएका ढुंगाना जोसिला कर्मठ योग्य युवा नेताका रुपमा पहिचान कायम गर्न सफल भएका छन् ।

ढुंगाना  राजनीति सँगै सामाजिक सेवामा पनि उतिनै भूमिका निर्वाह गर्दै आएका छन् । बिभिन्न संघसंस्थामा आवद्ध भएर समाजमा जनचेतना फैलाउने कार्यमा पनि ढुंगाना सक्रिय भएका युवा नेता हुन । नयाँ सोच जोश र जाँगर  लिएर अगाडी बढेका ढुंगाना कांग्रेसप्रतिको वफादारीता लगायतका कुरामा कर्तब्यनिष्ठ, निष्ठावान भएकै कारण  सबैमा लोकप्रिय पनि  छन् ।उनले क्षेत्रिय सचिव पदमा आफूलाई सहयोग गरी हौसला प्रदान गर्न अनुरोध गर्दै सल्लाह सुझावको अपेक्षा समेत  गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं ३ का वडा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरुलाई ढुंगानाले आग्रह गर्दै क्षेत्रीय सचिव पदमा एक पटक सेवा गर्ने मौका प्रदान गर्न र संगठन बिस्तारसँगै बलियो बनाउनका लागि जिम्मेवारी सुम्पिनका लागि सबैलाई अपिल गरेका छन् ।

क्षेत्रीय सचिबमा उम्मेदवारी किन ?भन्ने कपन अनलाइनको प्रश्नमा उनि  भन्छन”पार्टीलाई अनुशाशित बनाउन आफुपनि अनुशासित हुने , संगठन विस्तारको काम गर्न, संगठनमा लामो समय काम गरेको अनुभव साथीभाईहरुसंग आदान प्रदान गर्न , संगठन बलियो बनाउन र सबै चुनावहरुमा पार्टीलाई जिताउन आफ्नो  भुमिकाका लागी “आफुले सचिव पदमा उमेदवारी घोषणा गरेको बताउने ढुंगानाले पार्टीमा अहिले देखिएका बिकृतिहरुलाई बिस्तारै निराकरण तिर लाग्ने पनि बताएका छन्  । राजनीतिलाई समाज सेवाको रुपमा लिएर सोहि अनुसार जनताको तथा पार्टीको सेवामा आफ्नो  समय समर्पीत गर्ने भन्दै उनले “पुराना पुस्तालाई सम्मानजनक निरन्तरता, नयाँ पुस्तालाइ क्षमता अनुसारको जिम्मेवारी, सहमति, सहकार्य र एकताको सूत्रबाट, फोहोरी राजनीति माथी खबरदारी” भन्ने मुल नाराका साथ क्षेत्रीय सचिबमा उम्मेदवारी दिन लागेको हुँदा    काठमाडौं क्षेत्र नम्बर ३ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरुलाई आफुलाई सहयोग गर्न आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।