ओखलढुंगाको ककनी बजार जाँदै गरेको बोलेरो दुर्घटना

ओखलढुंगाको ककनी बजार जाँदै गरेको बोलेरो दुर्घटना

कपन अनलाइन

ओखलढुंगा ,कार्तिक २९।

ओखलढुंगाको  ककनी बजार जाँदै गरेको बोलेरो सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढुङ्गाबाट ककनी बजार जाँदै गरेको उक्त बोलेर सुनकोशी गाउँपालिका वडा नम्बर ९ को जौबारी भन्ने स्थानमा सडकबाट करिब सय मिटर तल खोल्सामा झरेको स्थानीयले जानकरी दिएका छन।

बोलेरोमा कति सवारी थिए र के कति मात्रामा हताहती भएको छ ? भन्ने बारेमा औपचारिक पुष्टि हुन भने बाँकी छ । घटनामा परी कम्तीमा चार जनाको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । घटना थाहा पाउन साथ प्रहरी चौकी कोषहाटबाट नागरिक सहितको टोली घटनास्थलमा  पुगेको छ । थप विवरण आउँन बाकि छ।

 

तपाइँको प्रतिक्रिया ।