बागमती प्रदेसका ८ प्रदेस सभा सदस्य महाधिवेसन प्रतिनिधि बने

बागमती प्रदेसका ८ प्रदेस सभा सदस्य महाधिवेसन प्रतिनिधि बने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २९।

बागमती प्रदेसका ८ प्रदेस सभा सदस्य महाधिवेसन प्रतिनिधि बनेका छन। कार्तिक २७ गते भएको नेकपा एमालेको दसौ महाधिवेसनमा काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रमा भएको प्रतिनिधि छनोट भेलाले आठ जना प्रदेस सभा सदस्यहरुलाई चयन गरेको हो।

नेकपा एमालेको दसौ महाधिवेसनमा क्षेत्र नं १ बाट प्रदेस सभा सदस्य गणेश दुलाल प्रतिनिधिमा चयन भएका छन भने क्षेत्र नं ५ बाट नेकपा एमाले बागमती प्रदेस संसदीय दलका प्रमुख सचेतक दीपक निरौला प्रतिनिधि बनेका छन ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ६ बाट काठमाण्डौ महानगरपालिकाका पुर्व मेयर केशव स्थापित र योगेन्द्रराज संग्रौला  महाधिवेसन प्रतीनिधि भएका छन भने क्षेत्र नं ७ बाट प्रकास श्रेष्ठ प्रतिनिधिमा चयन भएका छन।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ८ बाट राजेश शाक्य महाधिवेसन प्रतिनिधि बनेका छन भने क्षेत्र नं ९ बाट डा.अजय क्रान्ति शाक्य र केशव पोखरेल चयन भएका छन।

केशव स्थापित र डा. अजय क्रान्ति शाक्य बागमती प्रदेसका पुर्व मन्त्रि हुन्।

 

तपाइँको प्रतिक्रिया ।