ओखलढुंगाका प्रभावशाली पत्रकार शिव ढुंगाना समाजवादी प्रेस संगठनमा

ओखलढुंगाका प्रभावशाली पत्रकार शिव ढुंगाना समाजवादी प्रेस संगठनमा

कपन अनलाइन

ओखलढुंगा ,कार्तिक २९।

ओखलढुंगा जिल्लाका प्रभावशाली पत्रकार तथा प्रेस चौतारीका संस्थापक सचिव शिव ढुंगाना समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय सदस्य बनेका छन।

२०६४ शालमा ओखलढुंगा जिल्लामा प्रेस चौतारी गठन हुँदा संस्थापक सचिव बनेका पत्रकार ढुंगाना २०६७ देखि २०७१ साल सम्म प्रेस चौतारी ओखलढुंगाको दुई कार्यकाल जिल्ला अध्यक्ष रहेका थिए।

२०७१ सालमा प्रेस चौतारी सगरमाथा अंचल अध्यक्ष बनेका ढुंगाना २०७२ साल देखि प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य रहेका थिए।

२०६५ साल देखि निरन्तर रुपमा नेकपा एमालेको ओखलढुंगा जिल्ला कमिटीको प्रचार विभागमा रहेर सक्रिय रहेका उनले ‘रिफर्म टु रिभ्योलुसन’ : विगतप्रति गौरव छ, पश्चाताप छैन भन्दै नेकपा एमालेको राजनीति छोडेका हुन।

करिव १५ वर्ष देखि सामाजिक र राजनीतिक मुद्दामा निर्भिक भएर कलम चलाउदै आएका ढुंगानाले प्रतिफल खाएर   शीरमा बुट बजार्न उद्धत दलाली प्रवृत्ति प्रतिगमनको पहाड बनेर इमान र स्वाभिमान खरिद बिक्रीको नाफाघाटामा फसेपछि ‘आन्दोलन जोगाउने’ कि ‘गुलाम बन्ने’ दुई विकल्पमध्ये एक ‘आन्दोलन जोगाउने’ यात्रामा लागेको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।