काठमाण्डौ क्षेत्र नं ३ बाट नेकपा एमाले महाधिवेसन प्रतिनिधिको चर्चामा को को छन ?

काठमाण्डौ क्षेत्र नं ३  बाट नेकपा एमाले महाधिवेसन प्रतिनिधिको चर्चामा को को छन ?

कपन अनलाइन

काठमाडौं, कात्तिक २३ । नेकपा एमालेको १० औ महाधिवेसन नजिकिदै गर्दा प्रतिनिधिहरुका लागि पनि चर्चा शुरु भएको छ।कार्तिक २७ गते देशका सबै निर्वाचन क्षेत्र र अन्य विशेष क्षेत्रमा महाधिवेसन प्रतिनिधि चयन गर्ने तयारी भैरहेको अवस्थामा काठमाण्डौ क्षेत्र नं ३  मा पनि आन्तरिक र खुल्ला रुपमा तयारी र दावीको शिलसिला शुरु भएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं ६  , गोकर्णेश्वरका  ९ वटा वडा र कागेश्वरी मनोहरा नगरपालिकाको ३ वटा वडा  रहेको काठमाण्डौ क्षेत्र नं ३  मा पनि महाधिवेसन प्रतिनिधि छनौटको दिन नजिकिदै गर्दा आकांक्षीहरुको लामो पंक्ति नै देखा परेको छ।  यस अघि पटक पटक महाधिवेसन प्रतिनिधि भएका देखि युवाहरुले समेत काठमाण्डौ क्षेत्र नं ३  बाट १० औ महाधिवेसनमा जाने इच्छा र चाहाना व्यक्त गर्दा यहाको राजनीतिक माहोल निकै तातेको छ।

अहिले काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ,    जिल्ला कमिटि सदस्य विश्वराज श्रेष्ठ    रामशरण ढुंगाना, ने कपा एमाले काठमाडौं जिल्ला सदस्य पुण्यप्रसाद चौलागाईं,बिरेन्द्र लामा,केशव प्रसाद सिंखडा, छिरिङ दोर्जे लामा र तुलसी पौडेलले दाबी प्रस्तुत गर्न थालिसकेका छन भने  नगर अध्यक्ष उद्दब बिष्ट पनि  दौडमा रहेको श्रोतले जानकारी दिएको छ।यसै गरी महिला तर्फ नेकपा एमाले बागमती प्रदेश सदस्य शान्ती श्रेष्ठ ,काठमाडौं जिल्ला सदस्य तारा पुडासैनी र सान्नानी लामा सम्भावित उम्मेदवारको रुपमा देखा परेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।