काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनीधि लड्ने नवराज भट्टराईको घोषणा

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनीधि लड्ने नवराज भट्टराईको घोषणा

कपन अनलाइन

काठमाडौं, कात्तिक २३। बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराईले महाधिवेसन प्रतिनिधिमा लड्ने घोषणा गरेका छन।नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले कार्तिक २७ गते हुने महाधिवेसन प्रतिनिधि छनौटमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेकपा एमालेका बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल,उद्दव खरेल,मिठाराम अधिकारी,संगम गहतराज सहित  काठमाण्डौ महानगर कमिटीका अध्यक्ष निर्मल देउला ,जिल्ला कमिटी सदस्यहरु, क्षेत्र नं ४ का १२ वटा वडा कमिटीका  अध्यक्षहरु ,जनप्रतिनिधिहरुको उपस्थितिमा भएको सो भेलामा बोल्दै  भट्टराईले  अबको महाधिवेशनमा काठमाडौं क्षेत्र  नं ४ बाट युवाहरुको प्रतिनिधित्व हुनुपर्ने भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

उनले आहिले आफु कुनै कमिटीमा नरहेको जानकारी दिदै कार्तिक २७ गते हुने महाधिवेसन प्रतिनिधि छनौटमा उम्मेदवार बन्ने घोषणा गर्दै सहयोगको लागि आग्रह गरेका थिए । पार्टीको नेत्रत्वदायी स्थानमा सधै अग्रज पुस्ताको मात्र प्रतिनिधित्व हुँदा युवा पुस्तामा निराशा छाएको बताउदै भट्टराईले सो पुस्तामा उर्जा  र जोश भर्नका लागि आफ्नो उम्मेद्वारी  रहेको धारणा राखेका थिए ।

भट्टराई संगै काठमाण्डौ क्षेत्र नं ४ मा बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल ,उद्दव खरेल,मिठाराम अधिकारी, संगम गहतराज जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव विदुर विक्रम खड्का ,काठमाण्डौ महानगर अध्यक्ष निर्मल देउला, जिल्ला कमिटी सदस्य  तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल,सह संयोजक लक्ष्मी संगौला,क्षेत्र नं ४ का पुर्व सदस्यहरु धुर्व भट्टराई र पुन्यराज पुडासैनी,  वडा नं ८ का अध्यक्ष सुमन तामाङ्ग ( जनजाती कोटा भएमा ) पनि महाधिवेसन प्रतिनिधिको दावेदार देखिएका छन।त्यस्तै महिला महाधिवेसन प्रतिनीधि तर्फ  अन्जु शर्मा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिको बलियो दावेदार देखिएकी छन भने शुशिला सिलवाल र निर्मला खड्का पुडासैनी नि सम्भावित उम्मेदवारका रुपमा देखिएका छन।

तपाइँको प्रतिक्रिया ।