काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा रामप्रसाद चौलागाईको दावी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा रामप्रसाद चौलागाईको दावी

कपन अनलाइन

काठमाण्डौ,कार्तिक २२।

नेकपा एमाले काठमाण्डौका पुराना नेता रामप्रसाद चौलागाईले महाधिवेसन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ का विभिन्न कमिटीहरुमा निरन्तर रुपमा सक्रिय रहदै आएका उनले कार्तिक २७ गते हुने महाधिवेसन प्रतिनीधि छनौटमा उम्मेदवारी दिने बताएका छन।

नेकपा एमालेमा आफ्नो करिव ४ दशकको यात्रामा आफुले हालसम्म कुनै पनि पद वा स्थानमा दावी नगरेको र सधै पार्टीको बफादार सिपाहीका रुपमा काम गरेको भन्दै चौलागाईले यस पटक पार्टीको नेतृत्वदायी मंचमा जाने घोषणा गरेका हुन।

चौलागाई काठमाण्डौ क्षेत्र नं ४ मा पद र प्रतिष्ठा भन्दा पनि निरन्तर पार्टी काममा सक्रिय रहने नेताका रुपमा चिनिन्छन।

 

तपाइँको प्रतिक्रिया ।