२८ सह–सचिव र १४ जिल्लाका सिडिओ हरु भएसरुवा हेर्नुस नामावली सहित

२८ सह–सचिव र १४ जिल्लाका सिडिओ हरु  भएसरुवा  हेर्नुस नामावली सहित

कपन अनलाइन चैत्र ६ गते /गृह मन्त्रालयले २८ सह–सचिवको  सरुवा गरेको छ । १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका छन् । दाङ, डोटी, बर्दिया, स्याङ्जा, सुर्खेत, धनकुटा, पर्सा, कञ्चनपुर, उदयपुर, मोरङ, मकवानपुर, काभ्रेपलाञ्चोक, मुस्ताङ र रुकुमका सिडियो हेरफेर भएका छन् । तीमध्ये मुस्ताङ र रुकुममा यसअघि उप-सचिव सिडिओ रहने प्रचलनलाई तोडेर गृहले सह-सचिव खटाउने निर्णय गरेको छ ।

HomeMinistry

दाङको सिडिओमा डोटीबाट लोकनाथ पौडेल, डोटीमा गृहबाट मनोहरप्रसाद खनाल, बर्दियामा गृहबाट विनोदबहादुर कुँवर, स्याङ्जामा गृहबाटै इन्दु घिमिरे, धनकुटामा गृहका विजयनारायण मानन्धर, पर्सामा मकवानपुरका केशवराज घिमिरे, मकवानपुरमा मोरङका गणेशराज कार्की, कञ्चनपुरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन प्रमुख गोविन्दबहादुर कार्की, उदयपुरमा कञ्चनपुरका कृष्णचन्द्र घिमिरे, मोरङमा अध्यागमन उदयपुरका रामप्रसाद थपलिया, काभ्रेपलाञ्चोकमा अध्यागन प्रमुख सुदर्शनप्रसाद ढकाल, मुस्ताङमा बर्दियाका नरहरि बराल, रुकुममा स्याङ्जाका अन्तरबहादुर सिलवाल सरुवा भएका छन् ।

सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाइँको प्रतिक्रिया ।