गगन थापा र डा. राजन भट्टराईको वडा दौडाहाले काठमाण्डौ क्षेत्र नं ४ मा चुनावी झल्को
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १४।
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन थापा र नेकपा एमाले केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको वडा दौडाहाले अहिले काठमाण्डौ क्षेत्र नं ४ मा चुनावी झल्को देखिएको चर्चा चलेको छ।
कार्तिक १३ गते सनिवार २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी रहेका दुई नेताले बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडामा आयोजना गरिएका कार्यक्रमहरुमा सहभागिता जनाएका थिए।
सो दिन सांसद थापाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र १३ इकाई समितिले आयोजना गरेका शुभकामना आदानप्रदान लगायतका कार्यक्रममा सहभागिता जनाएका थिए भने डा. भट्टराईले वडा नं ९ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान र वडा नं ८ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि भएका थिए।
भर्खरै सम्पन्न वडा र नगर अधिवेसनबाट निर्वाचित भएको जोश र उर्जामा रहेका वडा स्तरीय कार्यक्रम मार्फत व्यापक जनसम्पर्कलाई बढाएका दुवै नेताले आगामी निर्वाचनमा पनि मैदानमा उत्रने संकेत गरेको एक बुद्दिजीवीले विश्लेषण गरेका छन।
यस पटक नेकपा एमाले र नेपाली कांग्रेसले काठमाण्डौ क्षेत्र नं ४ का १२ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै शशक्त रुपमा स्थानीय ,प्रदेस र संघीय तहको निर्वाचन तयारी गरेको बताउदै उनले एमाले स्थानीय तहको बर्चस्वलाई जोगाउदै दुई प्रदेस र संघीय क्षेत्र जित्ने तयारीमा लागेको स्पस्ट देखिने धारणा राखेका छन।
त्यस्तै २०७४ शालको निर्वाचनमा १२ मध्ये २ वडामा मात्र जितेको कांग्रेस त्यो नमिठो घाउमा मलम लगाउन निकै गम्भीर बनेको संकेत देखिने बताउदै ति बुद्दिजिविले रास्ट्रिय राजनीतिमा चर्चा,परिचर्चा,बहस र चासोको केन्द्रमा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा चुनावी माहोल शुरु भैसकेको अनुमान गर्न सकिने धारणा राखेका छन ।